दुई अंकले नेप्से घट्दा ३ अर्ब १२ करोडको कारोबार

काठमाडौं । नेप्सेमा पुन: गिरावट आएको छ । अघिल्लो दिन ६९ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार पुन: दुई दशमलव ६६ अंकले घटेर २५ सय १८ दशमलव ९९ अंकमा पुगेको छ ।
सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ९९ अंकले घटेर चार सय ७० दशमलव ९८ अंकमा पुगेको छ । दुई सय ३० कम्पनीको ४२ हजार ५८ पटकको कारोबारमा ५८ लाख २८ हजार सात सय ८३ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम तीन अर्ब १२ करोड ५५ लाख ७५ हजार छ सय ३२ रुपैयाँ पुगेको छ ।
१३ वटा समूहको कारोबार भएकामा ६ वटा समूहको सूचक बढेर सातवटा समूहको सूचक घटेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक आठ दशमलव ७४ अंकले घटेर १७ सय एक दशमलव ३७ अंकमा झरेकामा निर्जीवन बिमा समूहको सूचक पनि ३५ दशमलव २२ अंकले घटेर ११ हजार तीन सय ५८ दशमलव ५० अंकमा झरेको छ ।
यसैगरी जीवन बिमा समूहको सूचक पनि ३९ दशमलव २५ अंकले घटेर १४ हजार दुई सय ८२ दशमलव ८३ अंकमा झरेकामा लघुवित्त, होटेल तथा पर्यटन, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि घटेका छन् । विकास बैंक समूहको सूचक भने आज चार दशमलव ८३ अंकले बढेर ४२ सय ५४ दशमलव ९८ अंकमा चढेकामा जलविद्युत् समूहको सूचक पनि २४ दशमलव ७८ अंकले बढेर २७ सय ५३ दशमलव ४० अंकमा चढेको छ । यीबाहेक फाइनान्स, ट्रेडिङ, उत्पादनमूलक र अन्य समूहहरूको सूचक पनि बढेका छन् ।
नेप्सेमा आज मध्यभोटेकोसी जलविद्युत् कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर एक सय ३३ रुपैयाँ १० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा गोर्खाज फाइनान्सको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले घटेर सात सय ८९ रुपैयाँ १० पैसामा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आज हिमालयन डिस्टिलरी प्रालिको प्रतिकित्ता ६ हजार नौ सय १८ रुपैयाँ १८ अन्तिम मूल्यमा २६ करोड ३९ लाख ४३ हजार पाँच सय २७ रुपैयाँ १० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।
प्रतिक्रिया