नेप्से २,५२४ अंकमा, चार दिनमा १७ अर्ब ५२ करोड रुपैयाँको सेयर किनबेच

काठमाडौं । यो साता नेप्से दुई हजार पाँच सय २४ दशमलव ५० अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार सय ७१ दशमलव २४ अंकमा पुगेको छ ।
कुल दुई सय ३८ कम्पनीको यो साता दुई लाख १४ हजार तीन सय ५१ पटक सेयर कारोबार भएका छन् । जसबाट कुल तीन करोड तीन लाख ६१ हजार दुई सय ४४ कित्ता सेयर किनबेच हुँदा कुल सेयर कारोवार रकम १७ अर्ब ५२ करोड ९६ लाख ९६ हजार ९८ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झन्डै चार अर्ब रुपैयाँले बढी हो ।
गत साता भने नेप्सेमा दुई सय ३३ कम्पनीको आठ लाख ३० हजार आठ सय ५९ पटक सेयर कारोबार भएको थियो । जसबाट कुल दुई करोड ६८ लाख ४१ हजार पाँच सय ८२ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम १३ अर्ब ८६ करोड १५ लाख ५४ हजार दुई सय ६३ रुपैयाँ पुगेको थियो । नियमित कारोबारका लागि यो साता नेप्से चार कार्य दिन मात्र खुलेको थियो । जसमध्ये पहिलो र चौथो दिन नेप्से बढेको थियो भने दोस्रो र तेस्रो दिन नेप्से घटेको थियो । पाँचौं दिन भने सार्वजनिक बिदा परेका कारण नेप्से बन्द थियो ।
सोही आधारमा यो साता पहिलो कारोबार दिन ७१ दशमलव दुई अंकले बढेर दुई हजार पाँच सय ९१ दशमलव ४२ अंकमा पुग्न सफल भएको नेप्से चौथो कारोबार पाँच दशमलव ५१ अंकले बढेर दुई हजार पाँच सय २४ दशमलव ५० अंकमा पुग्न सफल भएको थियो ।
यसबीचका दिनमा भने नेप्से लगातार घटेको थियो । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलोे दिन पाँच दशमलव ३८ अंंकले बढेर चार सय ८२ दशमलव ७४ अंकमा पुग्न सफल भएकामा चौथो दिन पनि शून्य दशमलव २६ अंंकले बढेर चार सय ७१ दशमलव २४ अंकमा पुग्न सफल भएको थियो । यसबीचका दिनमा भने सेन्सिटिभ इन्डेक्स पनि लगातार घटेको थियो ।
यो साता नबिल, बैंक, हिमालयन डिस्ट्रिलरी प्रालि, नेपाल बंगलादेश बैंक बढी रकम कारोबार भएका छन् भने नेपाल बंगलादेश बैंक, हिमालयन डिस्ट्रिलरी प्रालि, मञ्जुश्री फाइनान्सलगायत कम्पनीहरूको बढी संख्यामा सेयर खरिद बिक्री भएका छन् । बजार पुँजीकरणको आधारमा भने टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्सलगायत कम्पनीहरू अगाडि देखिएका छन् ।
प्रतिक्रिया