सोमबार, वैशाख ८, २०८२

समाज र सामाजिकीकरण

ढुण्डी निरौला २०७८ पुष १७ गते १०:३१

चतुरा ती चतुरेको चकचकीबाट
मधुर मुस्कान मोडने ती मतियारले
गरीब ठानेको गगनचुम्बीबाट
समाजवादलाई खोजिँदै थियो ।

हाम्री आमा साझा आमा सुखको जीवन बिताउन
स्वाधीन परिवेशमा समतामूलक समाज बनाउन
धनी ठानिएका गरीबसँग समान व्यक्तित्व कमाउन
आतुर थिइन् हाम्री आमा नेपालमा गणतन्त्र ल्याउन ।

त्यसैले आफ्ना सन्तानको पसिनालाई
उसको आवश्यकतासँग सम्झौता गर्थिन्
भन्थिन् बाध्यता भयो आवश्यकता
भिन्नै बाटो समाउँदै अल्मलियो गणतन्त्र ।

तर हरेश नखाऊ आमा धेरै कुरा बुझ्नुपर्छ
केही कुरा नबुझे पनि थुप्रै बुझे झै गर्नुपर्छ
धेरै पीडा परे पनि नपरे झै गर्नुपर्छ
धेरै बिरामी परे पनि अति सन्चो हुनुपर्छ
भुडी पेटारी परे पनि लाए खाए झै गर्नुपर्छ ।

त्यसैले यहाँ ढाँट्नुपर्छ किनभने त्यो साँचो मानिन्छ
हामीले यहाँ बुझनुपर्छ सबै उल्टोलाई सुल्टो भन्न
त्यसैले उल्टोलाई सुल्टो पार्न उभिन्ड्याउनुपर्छ
बरु भोकै मर्नुपर्छ, आत्म पौरख गर्नुपर्छ
तर के गर्ने उल्टोलाई सुल्टो पार्न उभिन्ड्याउनुपर्छ ।

सुल्टोत आफै ठीकै छ नि उल्टो भएर पो ।
उल्टोलाई सुल्टो पार्न उल्ट्याउनु पर्छ ।

No description available.

प्रतिक्रिया