सोसल मिडियामा राज गर्नेहरु !

बलिउडका कैटरिना कैफ, आलिया भट्ट, दीपिका पादुकोण, सनी लियोनी आदि सामाजिक सन्जालमा निकै सक्रिय छन् भने उनीहरु त्यहाँ पनि लोकप्रिय छन् । सामाजिक सन्जालमा उनीहरुलाई फलो गर्नेहरु पनि निरन्तर बढिरहेका छन् । वर्ष २०२१ मा कतिपय कलाकारले ४० लाखभन्दा बढि फलोअर्स कमाइसकेका छन् ।
अनुष्का शर्माको इन्स्टाग्राममा ५५.५ लाख फलोअर्स छन् । अहिले पर्सनल लाइफमा व्यस्त अनुष्काका श्रीमान् विराट कोहली पनि सन्जालमा उत्तिकै लोकप्रिय छन् ।
इन्स्टाग्राममा कृति सेननका ४४.८ लाख फलोअर्स छन् । कृतिको क्युट रुप प्रशंसकहरुलाई खुब मनपर्छ ।
दिशा पटानीको इन्स्टाग्राममा ४७.९ लाख फलोअर्स छन् । पछिल्लो पुस्ताकी अभिनेत्री दिशा टाइगर श्राफसँगको रिलेशनसिपका कारण पनि चर्चामा छन् ।
इन्स्टाग्राममा दीपिका पादुकोणका ६३ लाख फलोअर्स छन् । यद्यपि यो वर्ष उनले आफ्नो पेज डी-एक्टिभेट राखेकी थिइन् ।
इन्स्टाग्राममा आलिया भट्टका फलोअर्सको संख्या ५७.४ लाख छ । रणवीर कपुरसँग प्रेम र विवाहको कुरालाई लिएर पनि उनको चर्चा हुने गरेको छ ।
कैटरिना कैफको इन्स्टाग्राममा ५८.९ लाख फलोअर्स छन् । कैटरिनाले हालसालै मात्र अभिनेता विक्की कौशलसँग विवाह गरेकी छन् ।
ज्याकलिन फर्नाडिसको इन्स्टाग्राममा उनलाई ५७ लाखले पिछा गरेका छन् । मनी लन्ड्रिङ केसमा फसेकी ज्याकलिनलाई अहिले भारतबाहिर जान अनुमति दिइएको छैन ।
इन्स्टाग्राममा श्रद्धा कपुरका ६८.२ लाख फलोअर्स छन् । उनलाई सोसल मिडियामा हेर्न चाहनेहरु पनि कम छैनन् ।
इन्स्टाग्राममा सनी लियोनीका प्रशंसकहरुको संख्या ४९.३ लाख छ । सनी अहिले आफ्नो पेजमा आफ्नो काम तथा परिवारसँग सम्बन्धित पोस्ट सेयर गर्छिन् ।
उर्वशी रौतेलाको इन्स्टाग्राममा ४३.६ लाख प्रशंसक जोडिएका छन् । उर्वशी चलचित्रमा कम, सोसल मिडियामा बढी सक्रिय छन् ।
प्रतिक्रिया