२०२१ को सम्झनयोग्य कुरा !

कमल सर्घषको प्रश्न : २०२१ भनेपछि के कुरा तपाईंको सम्झनामा आउनेछ ?
श्रेष्ठ नानु : पाएकाे कुरा गुमाउनु नपरेको यादगार वर्ष हो मेरो ।
शेखर बस्नेत : राप्रपाले तपाईंको मीत ज्यूलाई गल्हत्याएको ।
रविन उड : मेरा जुमल्याहा छोरा जन्मिएको वर्ष ।
नगेन राजबंशी : कोरोन्टाइन धेरै बसियो, स्वाब परीक्षण पनि धेरै पल्ट गरिएको वर्ष ।
रमित रिदम : कोरोनाको मात्र याद आउँछ ।
साजन सत्याल: मलाई त २०७८ मात्रै याद छ ।
खगेन्द्र ढकाल : आफैँ कोरोनाको चपेटामा परेको घटना ।
नारायण : लकडाउनको याद आउँछ, पुलिसले पब्लिकलाई कुटेको याद आउँछ ।
रोहित : खै केही सोच्नै सक्दिन, गोजीमा दुई रुपैयाँ छैन तनाब नै तनाब छ ।
हर्क भण्डारी : जिन्दगीको सबैभन्दा रमाइलो वर्ष ।
माैसम चेमजोङ लिम्बू : कोरोना महामारी र लकडाउनमा जनताले पाएको दुख-सास्ती, विदेशमा रहेका हजारौं श्रमिक नेपाली दाजुभाइहरुले रोजगारी गुमाएको पीडा ।
ललित सिंह : धेरै छन् राम्रा र नराम्रा दिन तर सफलता मध्ये केही ठूलो सफलता मिलेको वर्ष पनि हो यो ।
नरेश तिमिल्सिना : जनताको सर्वोच्च थलो संसद विगठन, केपी बाले दुई/दुई चोटी कु गरेको याद आइ रहनेछ ।
मोगोर सबिन : भिटेनको फाईल नम्बर ४२० सम्झन्छु ।
हिमाल : जिएफसँग ब्रेकअप भएको वर्ष ।
वसन्त पाण्डे असिम : टोटल कोरोना इयर । मेघराज रिस्मेली कोरोना भाईरस भाग-२ ।
सुमन दंगाल : जीवनका सबै वर्ष एकातिर २०२१ एकातिर ! म ज्ञानी भए अलिअलि ।
रमेश पन्त : दुई चोटी संसद विगठन गर्ने अलोकतान्त्रिक कदम ।
सम्राट : मैले त जिन्दगी र क्षणलाई वर्ष र सालमा विभाजन गर्नै छोडिसकें। किशोर ठकुरी कोरोना लागेर बाँचेको छु ।
केशब साउद : लकडाउन ।
विश्व साङपाङ राई : स्कूल छुट्टि भयो ।
अमर राना मगर : मेरो डिभोर्स भयो ।
मनोज खड्का मिलन : धेरैछन् ।
पूर्ण सिंह ऐर : चोलेन्द्र र झोलेन्द्र ।
अर्जुन परियार : कोरोनाका साथै केपी ओलीको चर्तीकला पो याद आयो त ।
रमिता रिदम : कोरोनाको मात्र याद आउँछ ।
गणेश ढकाल : ओलीको बार्दली यात्रा ।
गोबिन्द भण्डारी : राजनीतीक पार्टीहरुको महाअधिवेशन भएको वर्ष ।
भुवन : लकडाउन खुलेको ।
गुन खत्री : मलाइ त तातो न छारो ।
गंगा राम : मेरोलागि कालो दिन ।
सुदन मरासिनि : कालो वर्ष ।
प्रवेश कुमार संघर्ष : दुइटी एक्स एकैदिन पोइल गएको वर्ष ।
प्रतिक्रिया