आइतबार, वैशाख ७, २०८२

इटहरीको पानीपियामा सवारी दुर्घटना, दुई युवाको ज्यान गयो

नेपालखोज २०७८ पुष २३ गते १०:१६

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका २० स्थित पानीपिया जंगलमा दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभा खाँदबारी नगरपालिका७ का २२ वर्षीय अबी राई र मोरङको सुन्दरहरैचा ५ का २७ वर्षीय सन्तोष राई रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिएका छन् ।

कोसी लोकमार्गअन्तर्गत दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को२७प २१९ नंबरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १०२००१ ख ८१९६ नंबरको बसले ठक्कर दिँदा मोटसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए ।

घाइते भएका दुवै जनालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकामा उपचारका क्रममा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । सवारीसाधन र बसचालक इटहरी ४ का ४४ वर्षीय टीकाराम चौधरी प्रहरीको नियन्त्रणमा छन् ।

प्रतिक्रिया