आईपीओ जारी गर्दै छ्याङदी हाइड्रो पावर
नेपालखोज
२०७८ पुष २३ गते १२:१०

काठमाडौं । छ्याङदी हाइड्रो पावर कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी २९ करोड ७६ लाख ७५ हजार रुपैयाँ मध्येबाट १० बराबर तीनको अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी आठ करोड ९३ लाख दुई हजार पाँच सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
अधिकृत पुँजी ५० करोड तथा जारी पुँजी ३८ करोड ६९ लाख ७७ हजार पाँच सय रुपैयाँ रहेको कम्पनीको हकप्रद सेयरको बिक्री पश्चात भने चुक्ता पुँजी ३८ करोड ६९ लाख ७७ हजार पाँच सय रुपैयाँ नै पुग्ने छ ।
सेयर निष्काशन तथा बिक्री प्रर्बन्धक ग्लोवल आइएमई क्यापिटल मार्फत यही माघ ११ गते देखि खुल्ला हुुने कम्पनीको हकप्रद सेयरको बिक्री कार्य फागुन दुई गतेसम्म कायम रहने छ ।
सम्बन्धित
प्रतिक्रिया