वैकल्पिक राजनीति अब सम्भव छैन कि ?

विवेकशील साझा पार्टीका नेता सूर्य राज आचार्यले लेखे-
वैकल्पिक राजनीतिको धर्मराउँदो अवस्था !
समाज रुपान्तरणको छटपटी बोकेका असल व्यक्तिहरूको समुहले राजनीतिक चरित्र ग्रहण गर्न सकेन । आमजनताले वैकल्पिक राजनीतिमा खोजेको नवीन सोच र रुपान्तरणको विश्वसनीय खाका विवेकशील साझा पार्टीका दुवै समूहसँग छैन । पुरानै दलका विचार/एजेन्डाका खाँबो अँगालो हाल्न उद्यत विसापाका दुवै समूहबाट वैकल्पिक राजनीति अब सम्भव छैन कि जस्तो देखिँदै छ ।
तथापि नेपालमा वैकल्पिक राजनीतिको औचित्य भने अझै छ, परिवेश झनै अनुकूल बन्दै छ ।
डा. आचार्यको स्टाटसमा आएका केही प्रतिक्रिया :
बाटो खन्यो भने गन्तव्यमा पुगिन्छ खेदो मात्रै खन्यो भने अलपत्रमा परिन्छ डा. साब । आज नेपाली जनता खेदो मात्रै खन्ने भएर अलपत्रमा परेका हुन् । बाटो खन्ने काममा साथ र सहयोग सबैले गर्नु पर्यो अहिले बिबेकसिल साझा पार्टी लाई तपाईंहरू जस्ताको साथ चाहिएको हो सल्लाह दिने र गालि दिने त जति पनि छन् ।
सुरेन्द्र शाह
विरोध गरेकै भरमा महान् बन्न खोज्नेहरुभन्दा सुधारोन्मुख नीति नियम र पारदर्शी योजनाहरु प्रस्तुत गर्दै आमजनतालाई सचेत र जागरुक गराउनसक्ने पार्टीको खाँचो देखिन्छ। अबको छलफल त्यतातिर केन्द्रित भए केहि राहत पाइन्थ्यो कि ।
दिनेश चापागाईं
वैकल्पिक र राजनीति र राजनीतिक शक्तिको भन्दा बढी खाँचो वैकल्पिक वर्ग, विचार, बाटो, विधि-विधान, व्यवस्था र व्यक्तिहरुको अर्थात् स्वच्छ, स्वाभिमानी, स्वविवेकी, सद्गुणी, सदाचारी, समताप्रेमी र समर्पित समुदायको आवश्यकता पो परेको हो कि सर ! ?
नारायण शर्मा
अब नेपालमा नयाँ पार्टी खोलेर सत्तामा जाने सोच नगर्दा नै हुन्छ बरु नयाँ कोट किन्न नसके पुरानै कोट टालटुल पारेर धोई वरि जाडो थाम्ने हो कि ? नयाँ पनि किन्न नसक्ने पुरानो पनि लाउदिनँ भन्दै जाडोमा कापेर नै मर्ने हो ?
दीपकप्रताप थापा
विचारधारासहितको वैकल्पिक शक्ति नेपालमा अझै जन्मिएको छैन । त्यो शक्ति बोक्ने चेतना नेपाली जनतामा अझै हुर्किएको छैन । राजनीतिक रूपमा नेपालको वर्तमान अवस्थामा वस्तुगत आवश्यकता त बनेको छ आत्मगत् आवश्यकता बनिसकेको छैन ।
मीनराज बडू
तपाईंकै कुरा विचार सुनेर त्यही पार्टीको सदस्य बन्छु भनी नाम नम्बर दिए अहिले आमसभामा आइदिनु पर्यो भनेर हैरान पर्छन् । हाम्लाई फसाउन तपाईको पनि दोष छ डा. साप । बिटुलो भैयो तपाइँको कार्यकर्ता भएर ।
मुकुन्द दाहाल
यसरी लेख्नु र कार्यान्वयनका लागि फिल्डमै हाम फालेर संघर्ष गर्नुमा आकाश पातलको फरक छ गुरु ।
नारायण पौडेल
सर त्यहीँ बस्नुभएर आफ्नो स्पष्ट खाकासहित हिँड्न खोज्नुभएको भए हुन्थ्यो । धेरैले तपाईंको पुन:आगमन चाहेका छन् तर सर भने बाहिर निस्केर सन्जालमा विसापाप्रति आफ्नो असहमति पोख्नुहुन्छ ।
टीएम गौतम
तपाईं जिम्मेवारीबाट भाग्ने अनि सधै अरुको कुरा काट्दै आफैले आफैलाई देवत्व मात्रै ठान्ने डा . साब………..??? तपाईले गत चुनावमा प्राप्त गरेको जनमतको भावना लाई पैतालो ले कुल्चेर हिडि भाग्नु जनताको अपमान गर्नु हो। खोइ जिम्मेवारी ? खोइ जवाफदेहीता ??
श्यामलाल योन्जन
पुरानै विचार भएको नेताबाट के नबिनताको आश गर्नु , सिमित कर्याकर्ताको आडमा राजनीति गर्ने बानी परेका नेताहरूले जनता र देशको भबिष्य कहिले सोच्दैनन ।
पुरु पौडेल
अब लेखेर बोलेर भनेर कसैले नसुन्ने भए गुरु ।
एकेन्द्र शाह
पार्टीभित्र प्रवचन गरेको भए हुन्थ्यो तर बाहिर बसेर तल्लो स्तर को व्यक्तित्व जस्तो चुस्की लिने काम नगरौं डा. साहेब ।
धनपति महतो
सकेन होइन अहम्ताले दिएन भन्दा कसो होला !
वाग्ले जगत
हामीलाई सुरुमै आशंका थियो !
राजनीति कहिल्यै पनि वैकल्पिक नामबाट सुरु हुनै सक्दैन !! विशिष्ट सोच, धार र परिष्कृत विचारबाट मात्र सम्भव छ ।
रामकृष्ण
सर आफैं महाकाली जाउँ भनेर गाडी हाँकेर,अरुलाई साथ लिएर काठमाडौंबाट हिँड्नुभएको,नागढुंगामै पुगेर स्टेरिङबाट ओर्लिएर बाटोमा उभ्भिनुभएको छ,अब प्रश्न त सरकै विश्वसनीयताको पनि त आयो नि ! अनि यो पुरानो खाबो भनेको के हो सर, कहीँ संघीयता र धर्म निरपेक्षताकै सुनको पिलर टल्काएर बस्नुपर्थ्यो भनेर त पक्कै भन्नुभएको होइन होला ।
रोशन शिवाकोटी
तपाईं पनि रवीन्द्र मिश्रलाई बोकेर हिन्नु हुन्छ त कहाँबाट फस्टाउँछ वैकल्पिक राजनीति ??
भीमबहादुर
जसले विकल्प नै दिन सक्दैन तर विकल्प दिने नाममा नयाँको विरोध गर्छ त्यस्ताहरुले भोग्नुपर्ने नै अहिलेको नियति हो । खासमा तपाईं अट्ने काङ्ग्रेसमा नै हो सर !!
त्यतै लाग्नुस् !!
चारआँखे
ढोकाको चुक्कुल लगाएर बस्ने अनि यसो भएन उसो भएन भनेर भएन युद्ध मैदानमा आउनुपर्यो डा. साब ।
नन्दराज अवस्थी
मिश्रलाई सत्तामा जान ज्यादै हतारो छ राप्रपा मिश्र दुवैलाई राम्ररी थाहा छ कि यो मुलुकमा अब राजतन्त्र फर्किंदैन । आए पनि लामो टिक्दैन । गणतन्त्रबाट निराश भएका केही सोझासीधा मानिसहरूको राजतन्त्रप्रति देखिएको समर्थन र त्यो अभिमत लिएर संसद्वादीसँग बार्गेनिङ गर्ने सत्तामा जाने, कमाउने र रमाउने । जम्मा जम्मी यति नै हो । मुलुकको मुख्य समस्या के हो पहिचान नै गर्न सकेका छैनन् र रुपान्तरणका लागि अपरिहार्य एजेन्डा नै छैन जुन एजेन्डाअघि सारेका छन् भोट माग्ने चिल्लो भाँडो मात्र हो । उनीहरूको मुख्य अन्तरवस्तु यहीं हो ।
एनडी सुवेदी
वैकल्पिक राजनीति राप्रपा नै हो । विवेकशील साझा र राप्रपा पार्टी एकता गरेर अगाडि बड्दा राम्रो हुन्छ ।
नारायण निरौला
नेपालमा नि:स्वार्थ राजनीति कसैले गर्दैन सबैलाई उहीँ पद र आलिशान बंगला र पावरको मात्र चाहना छ । इमान र इज्जत भन्ने छैन , लिडरसिप गर्ने क्षमता कसैमा छैन ।
पदमसिंह धामी
आफू राजनीतिबाट भाग्यो अनि अरुको मूल्यांकन गर्यो बस्यो, फेसबुकमै स्टाटस लेख्न त मुकुन्द छदै छ नि हौ ।
दीपक भारती
फेसबुकमा लेखेर बैकल्पिक शक्ति निर्माण हुने भएत ?
अशोक मल्ल
चुनाब सकिएपछि पार्टी जुट्ने अनी चुनाब नजिकिदा चाहिँ फूट्ने , यो उल्टो पाराले वैकल्पिक पार्टी काहीलै ऊभो लाग्दैन !
सन्दीप निरौला
राजनीतीमा सही एजेन्डा नभई नहुने कुरा हो तर सबैले जनमुखी एजेन्डा भुलेर आफ्नो नीजी स्वार्थमा दौडिएको ले यो दुरावस्था आएको हो कि ??
सूर्यप्रसाद दाहाल
वैकल्पिक मार्ग छ र जनताले बुझ्न जरुरी छ जस्तै छिमेकी देशको केजरीवाल !
साइला गुणा सोहन
सर मरेको बिरालो काखीमा च्यापेर थिमिको उकालो भनेझैं इतिहासमा विलिन भैसकेको राजतन्त्रको डेट एक्सपायरड एजेन्डा बोकेर अगाडि बढेपछि कहाँको वैकल्पिक शक्ति हुनु भन्या ।
सरलगोपाल महर्जन
वैकल्पिक राजनीतिलाई रवीन्द्र मिश्रले पन्चायती राजनीतिमा रुपान्तरण गरे । वैकल्पिक राजनीति नेपालका लागि करिब ५० वर्षपछाडि धकेलियो अब ।
दुर्गा लकान्द्री
प्रारम्भिक समयमा निकै सकारात्मक ऊर्जा बोकेको विवेकशील साझाले अबचाहिँ विवेकहीन बाजा पार्टी नाम राखे ठ्याक्कै मिल्छ हो ।
मेघराज
वैकल्पिक भन्ने कुरा अब सक्किए बरु देश र जनताको हितका लागि अब कि आफै गर्ने हो नत्र लिङ्देन-रवीन्द्र सही बाटोमा छन् ।
वसन्त खड्का
विवेकशील साझा धार्मिक राजनीतिको एउटा हिस्सामा संकुचित भयो ।
महेश तामाङ
विज्ञानमा आधारित बैकल्पिक शक्ति निर्माण गर्न खोजेका भए भन्न सकिन्नथियो तर टपरटुइंया ढंगले बिचारबिहिन रुपमा असन्तुष्टि लाई भजाउने रुपमा आएको अभियान कसरी सफल किन हुन सक्थ्यो ?
कुमार पौडेल
बाबुराम भट्टराईसँग लाग्नु पर्यो सर, वैकल्पिक राजनीतिको अलिकति एजेन्डा उहाँ सँग छ है । अरुको त कुरा नगरौं ।
अशोक लामा
मिस्रले अब साझा राप्रपा बनाउने भए त काकु ?
रवीन्द्र कँडेल
कुरो त अब आफू नै अध्यक्ष भै नयाँ पार्टी खोल्ने अनि त्यही पार्टी वैकल्पिक होला जस्तो छ नि त !!?
विकास वाग्ले
विवेकशील साझा पार्टी सकिएकै हो त ?
भरतकुमार पुन
बल्ल आँखा खुलेछ गुरुजी ? मलाई र म जस्तालाई त बिबेक्सिल साझाको कुनै विश्वास थिएन । नेपालीले गफाडी नेतृत्व खोजेको छैन तर खोजेको पक्कै छ । राजनीतिलाई धमिलो परिएको छ र नेपाली जनता रुमिलिएको अवस्था छ ।
विष्णु आचार्य
प्रतिक्रिया