आइतबार, वैशाख ७, २०८२

‘पहेंलो वस्त्र धारण गरिसे’छ गाह्रो छ तपाईंलाई पनि’

नेपालखोज २०७८ पुष २९ गते १२:५९

नबुझेको कुरो चाहिँ यो जाडो धेरै बढेको कि गर्मी कम भएको ? जिन्दगिको यात्रामा जीएफ भेटाउला र बिहे गरौंला भनेको मैच्याङ सिरकबाट बाहिर निस्के पो भेट हुनु । कसो चैँ गर्नु होला त ? केही न्यानो सुझाव भए पाम न ।

कलाकार कट्टेलको यो स्टाटस सहितको तस्बिरमा आएका केही रोचक प्रतिक्रिया :

पूजा
बाहिर गाकी छिन रे ! अब एक महिनापछि आउछिन् रे ।

डिल्लीराम खनाल
तिमीलाई पनि सुझाव चाहियो र ?

सागर बस्याल
कसम यो माघ र फागुन पनि यत्तीकै गयो भने अन्र्तराष्ट्रिय स्तरको अविवाहित घोषणा हुनेछ ।

सुरेश तिमल्सिना
मान्छे नारायणहिटी राजदरबार संग्रहालय भित्र रेस्टुरेन्ट बनाउने कोसिस गर्छन् हजुर एउटा जीएफ बनाउन गाह्रो भो भन्नुहुन्छ । केही पार लागेन भने एउटा पार्टी खोलौला । ” अविवाहित युवा संगठन ।”

ऋतु शर्मा
घरमा बसेर पनि खोजी हुन्छ त दाजु , यसो रानीवन तिर खोज्न जानु न ।

लक्ष्मी श्रेष्ठ
पीडा सप्पैलाई हुने रैछ संसाराँ ।

राज लोप्चान
यति हेन्डसम मेरो दाईको पछि लाग्ने कति होला बरु ?

केशव भट्टराई
अब मान्ठाकी छोरी पट्याउनु पर्यो दाई ।

पदम ढुंगाना
मान्ठा कि छोरी सानी अनि रक्षा दुई जाना हुँदा नि हाम्रो कुमार दादालाई पुगेको छैन । खै हामीसँग एक जना पनि छैनन् र पनि भएकै छ ।

डेभिड
गर्मी कम्ती भएको हो अब केही दिनमा गर्मी सुरु हुन्छ । त्यसपछि बिन्दास जिउनु , तरुनी पनि सिरकबाट निस्कन्छन् अनि मोज गर्नु ।

पवन भुषाल
सक्किगोनिको कन्टेन्ट बनाउँदा – लेख्दा अनि सुटिङ यो सबले टाइम नमिलेको हो । यो काम पाँडेलाई छोडेर दाजुभाइ जीएफ खोज्न जाम ।

यादब श्रेष्ठ
खैके खैके कलाकारहरुले बिहे नगरेकै राम्रो, बिहे गरेपनि घरवार नै हुँदैन धेरैको । बरु के जाति भन्छन् नि त्यो लिभिङ टुगेदर हो कि के जाति त्यो नै ठिक होला जिग्रि ब्रो।

कुमार सिंजाली मगर
कुहिरो सात बारै हुने, पुस लागेसी
रात नि लामो सारै हुने, पुस लागेसी
दुईटा सिरक खाप्दा पनि, तात्दै नतात्ने
एक्लो ज्यानलाई गारै हुने, पुस लागेसी ।

सुरेश श्रेष्ठ
पहेलो वस्त्र धारण गरिसेछ गार्हो छ तपाईंलाई पनि ।

ज्योती गुरुङ
भोलीबाट घाम लाग्छ रे अब म बाहिर निस्किन्छु ।

ललिता राई
सिरक बोकेरै जानु जीएफ खोज्न , जाडोको बेला त्यही सिरक भित्र लुकाउन पनि सजिलो हुन्छ ।

हरिराम खतिवडा
सेलिब्रेटीको पनि पीडा पो रैछ । हुनत फेरि कोरोनाले गर्दा लकडाउन भए घरमा एक्लै हुइन्छ । गारो छ ब्रो ।

बिस्नु जोशी
अब मैच्याङ सिरक भित्र गई भन्दैमा हार खानु त भएन दाई त्यो भन्दा त यसो सुड्डीको पर्स बाट २००० जति निकालेर सोल्मारी जाँउ ।

राजेन्द्र कुमार राई
मैच्याङहरु यस्तै हुन्छन् , सिरक बाट बाहिरै निस्किदैनन् ।
मन चाहिँ गर्छन् तर बोलाउदैनन् आफै सिरक भित्र छिर्नुपर्छ ।

सिर्जना बस्नेत
जे मन लाग्छ त्यही गरे भैगो नि । कस्ले पो कस्को सुझावलाई टेरेको छ र भन्न भएन ।

नबिन घिमिरे
हिटर किनेर छेउमा राख्नु न मामा ।

महेन्द्र भण्डारी
हैन यति राम्रो मुन्छेले यस्तो थारो कुरा गरे भने अरु क्यारी बस्ने होला कैले ब्याउनी होला ?

रिना लामिछाने
जुन दिन को लागी जुरेको छ नि सर त्यो दिन हजूर ले नचाहे पनि हजुरको जीएफ आफैँ भेटिन्छ ।

जगत बहादुर थिङ
दाइको र मेरो एउटै समस्या रहेछ !

नविना सुनाम
अब जिन्दगी भरी अविवाहित बस ।

बिस्नु बस्नेत
जाडो बढेको गर्मी कम भएर नै हो दादा।
अनि मैच्याङ सिरक भित्रबाट ननिस्किर भेट नभए आफू पनि मैच्याङ कै सिरकमा जाने हो ।

सम्झना पौडेल
म पनि यहि सोचिराछु ।
आउनुहोस अब दुवै मिलेर खोजम ।

नरहरि पौडेल
फाँक भैगो नि कुमार भाइ ! अब सिरकबाट बाहिर निस्कने बेलासम्म कुर्ने त होलानी !!

धिरज अधिकारी
गर्मी चढेसी आउछिन रे भाउजू ।

नवराज आचार्य
चुप लागेर गुँइठाको घुर ताप्ने ।

कृष्ण देव जोशी
मैच्याङ सिरक भित्र गएर बाहिर ननिस्किरा भए त्यो सिरकमा आगो लगाइ देउ अनि मज्जाले ताप अनि आफै न्यानो हुन्छ नि ?

यादवराज खनाल
हैन मैले चाहिँ न बुझेको कुरा यो जाडो मौसममा सबैलाई जीएफको खाँचो पर्ने कस्तो होला ? कुनै तातो कपडा लगाएर पनि त जाडो कटाउन सकिँदैन र ? मैले यत्रो साल भयो जीएफ विनानै जाडो कटाएको छु त ।

प्रतिक्रिया