मायाको पोको बाँधेर दिन्छु !

धेरै माया नदेऊ मलाई एक्लै हुँदा गाह्रो हुन्छ, धेरै हाँसो पनि नदेऊ पछि रुँदा गाह्रो हुन्छ ।
अन्जु पन्त
अब हेरौं गायिका अन्जु पन्तको कमेन्ट बक्स :
उच्च विचार, सत्य वाणी ।
महेन्द्र बराल
छोरीको विवाह गरिदिनुपर्नेमा आमाको विवाह हुन्छ ।
सुरित केन्जोङ
छोरीभन्दा आमा तरुनी भएसी यस्तै हो ! पब्लिक फिगरलाई पब्लिक कमेन्ट आउँछ पचाउनुस् !
सु पि पा
अत्याधिक माया भयो कि के हो ?
यस्तै हो रे सुरु- सुरुका दिनहरुमा ।
गोविन्द सापकोटा
छोरीभन्दा आमा तरुनी ।
हर्षमान स्याङताङ
जाडो भा छैन आन्टी ?
रविन बगाले
परिस्थिति आ-आफ्नै हुन्छ, त्यहीअनुसार चल्नै पर्यो नि ? के एउटाको नाममै जिन्दगी बिताउनुपर्छ भन्ने छ र ? आफ्नो लाइफ आफू खुसी हुन हो ।
सन्जिता श्रेष्ठ
धेरै सुन्दरी भए छि यस्तै हुन्छ ।
भोलानाथ पौडेल
बहुत सुन्दर ।
रामविनोद चौधरी
मान्छे बूढो भए पनि मन बूढो हुदो रहेनछ क्या बात..!!
राजु बस्याल
ओडने सिरक नै लगाउनु भएछ । राम्रो छ तर भारि भा होला ।
रातु आवाज
अब नयाँ बुढाले धेरै माया गरेनी नगरेनी गुपचुप राख्नुहोला । पहिलेको जस्तो नयाँ जोडीसँग झगडा नगर्नुहोला ।
गोविन्दप्रसाद लौडारी
बिहे गरेपछि फेस अलि निराश हो कि जस्तो देखियो तर राम्री हजुर ।
पुष्कर तामाङ
धर्म परिवर्तन गर्दैमा श्रीमान् पनि परिवर्तन गरी राख्नु पर्छ र ?
श्रवणकुमार यादव
बिहे भको लामो समय नबित्दै यस्तो भन्न थालेऊ । के बढी भयो र फेरि ?
ताराप्रताप सेन
जीवन भनेको एकपटक प्राप्त पुष्पहरुको बगानमा रहने सुन्दर अनि मिठासपूर्ण सुगन्धले भरिएको रमणीय रंगिचंगी पुष्पहरु जस्तै हो। एकदिन ओइलाएर झरेर जानुपर्ने हुन्छ।
प्रेम खड्का
सुन्दर तस्बिर दिदीको ।
देवीराम पोखरेल
धेरै फोटा नदेखाऊ, महराहरु बौलाउँछन् ।
नवराज न्यौपाने
लभ्ली सिस्टर, माई बेस्ट सिंगर ।
यशोधा शाही
गायिकाबाट नायिका हुने तरखर जस्तो लाग्यो ।
अर्जुन केसी
हजुरमा सधैं नै यस्तै मुस्कानमा रहनु ।
आमोस राई
तपाईंलाई मायाको पोको बाँधेर दिन्छु ।
बिभान ढुंगाना
अन्जु पन्तजीको गीत जति सुन्दर छ,उहाँ पनि तेत्तिकै सुन्दर हुनुहुन्छ !
रमेश भुर्तेल

तपाईं मेरो भित्री मनदेखि नै मनपर्ने गायिका हुनुहुन्छ, सधैँ मीठा-मीठा गीत सुन्न पाइयोस् !
वसन्त घिसिङ तामाङ
देवीको भजन गाउन नमान्नेलाई केको सिंगर भन्नु अनि गर्व गर्नु नेपाली भनेर ।
भाग्यमानी कृष
अब कहिले रुन नपरोस्, जीवन यात्रा सुखमय रहोस् ।
सत्यराज खड्का
सप्पै थोक सोचे जस्तो कहाँ हुन्छ,
भाग्यको खेल पनि हुन सक्छ ।
विष्णु कुम्हार
महिला सेलिब्रेटीहरुले लगाएका लुगा देख्दा आफैँलाई लाज लागेर आउँछ ।
केएस कमल
लाइफमा हर समय को इन्जोय गर्नु भनेको समयलाई महत्त्व दिनु हो । यही नै खुसीको पल हो।
हीरा मल्ल
प्रतिक्रिया