२० अंकले सेयर बजार उकालिँदा ७ अर्ब ९० करोडको कारोबार

काठमाडौं । नेप्सेको उकालो यात्राले साताको दोस्रो कारोबार दिन आज सोमबार पनि निरन्तरता पााएको छ । अघिल्लो दिन ६९ अंकले बढेको नेप्से आज पनि २० दशमलव ६४ अंकले बढेर २९ सय ४७ दशमलव ३८ अंकमा पुगेको छ ।
सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ७० अंकले बढेर पाँच सय ४६ दशमलव ३३ अंकमा पुगेको छ । दुई सय २४ कम्पनीको ९६ हजार चार सय आठ पटकको कारोबारमा एक करोड ४४ लाख ७४ हजार सात सय १३ कित्ता सेयर खरिद बिक्री भएकामा आज कुल कारोबार रकम सात अर्ब ९० करोड १८ लाख ९० हजार ६ सय ६८ रुपैयाँ चार पैसा पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकामा पाँचवटा समूहको सूचक घटेर बाँकी आठवटा समूहका सूचक बढेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक १९ दशमलव ४६ अंकले बढेर १९ सय दुई दशमलव ५६ अंकमा चढेकामा जीवन बिमा समूहको सूचक पनि ८० दशमलव २७ अंकले बढेर १६ हजार ६ सय १३ दशमलव ४२ अंकमा चढेको छ ।
निर्जीवन बिमा समूहको सूचक पनि ५० दशमलव ४१ अंकले बढेर १३ हजार तीन सय ८५ दशमलव ११ अंकमा चढेकामा जलविद्युत्, होटेल तथा पर्यटन, उत्पादनमूलक, सामूहिक लगानी कोष र अन्य समूहको सूचक पनि बढेका छन् । विकास बैंक समूहको सूचक भने २३ दशमलव ३३ अंकले घटेर पाँच हजार तीन सय दशमलव ८२ अंकमा झरेकामा फाइनान्स, लगानी, लघुवित्त र ट्रेडिङ समूहहरूको सूचक पनि घटेका छन् ।
नेप्सेमा आज मध्यभोटेकोसी जलविद्युत् कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर चार सय ५८ रुपैयाँ ३० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा एनएमबी बैंक ऋणपत्र २०८५ को प्रतियुनिट सेयर मूल्य तीन दशमलव ९५ प्र्रतिशतले घटेर नौ सय ८९ रुपैयाँ ३० पैसा अन्तिम मूल्यमा कारोबार भएको छ ।
यसैगरी आज अरुण भ्याली हाइड्रो पावर कम्पनीको प्रतिकित्ता पाँच सय ७१ रुपैयाँ ७० पैसा अन्तिम मूल्यमा ४४ करोड ५४ लाख ९४ हजार चार सय ७९ रुपैयाँ २० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।
प्रतिक्रिया