प्रदेश २ को नाम मधेस, राजधानी जनकपुर
नेपालखोज
२०७८ माघ ३ गते १८:२८

काठमाडाैं । प्रदेश २ को नाम नामाकरण भएको छ । प्रदेश सभा सचिवालयमा आज भएको मतदानबाट मधेस नाम स्वीकृत भएको छ । सोमबार बसेको प्रदेशसभा बैठकले प्रदेशसभाको नाम मधेस प्रदेश राख्ने प्रस्ताव दुई तिहाई बहुमतका साथ पास गरेको हो ।
सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा)सँगै सत्तारुढ माओवादी केन्द्र र विपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले संयुक्त रुपमा प्रदेशको नाम मधेश प्रस्ताव गरेका थिए ।
जसपाको ३९, माओवादीका ८ र लोसपाको १६ गरी ६३ जना सांसद थिए । १ सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीले पनि यसमा समर्थन जनाएको थियो ।
सम्बन्धित
प्रतिक्रिया