३३ अंकले नेप्से बढ्दा ५ अर्ब ७७ करोड रुपैयाँको सेयर किनबेच

काठमाडौं । नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन ३८ अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहीबार भने ३३ दशमलव तीन अंकले बढेर २९ सय ३१ दशमलव ३४ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव नौ अंकले बढेर पाँच सय ४३ दशमलव ७४ अंकमा पुगेको छ । दुई सय २९ कम्पनीको ७५ हजार पाँच सय ८२ पटकको कारोबारमा एक करोड ५९ लाख ८९ हजार सात सय ४४ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम पाँच अर्ब ७७ करोड ३१ लाख २० हजार चार सय नौ रुपैयाँ १८ पैसा पुगेको छ ।
१३ वटा समूहको कारोबार भएकामा आज वाणिज्य बैंक समूहको सूचक एक दशमलव दुई अंकले घटेर १९ सय नौ दशमलव ९६ अंकमा पुगेको छ । सामूहिक लगानी कोष समूहको सूचक पनि घटेको छ । यीबाहेक बाँकी ११ समूहको सूचक भने आज बढेका छन् । सोमध्ये विकास बैंक समूहको सूचक एक सय ७२ दशमलव ११ अंकले बढेर पाँच हजार दुई सय ७९ दशमलव २१ अंकमा पुग्दा जीवन बिमा समूहको सूचक पनि चार सय ६२ दशमलव ४० अंकले बढेर १६ हजार ६ सय ५४ दशमलव ९४ अंकमा पुगेको छ ।
यसैगरी निर्जीवन बिमा समूहको सूचक पनि दुई सय ६९ दशमलव ४९ अंकले बढेर १३ हजार तीन सय ५९ दशमलव ३३ अंकमा पुग्दा जलविद्युत्, फाइनान्स, होटेल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, अन्य र ट्रेडिङ समूहहरूको सूचक उच्च अंकले बढेका छन् ।
नेप्सेमा आज मैलुङ खोला जलविद्युत् कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर पाँच सय ५० रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा आईसीएफसी फाइनान्सको ऋणपत्र २०८३ को प्रतियुनिट सेयर मूल्य चार दशमलव ३९ प्रतिशतले घटेर एक हजार ९० रुपैयाँ अन्तिम मूल्यमा कारोबार भएको छ ।
यसैगरी आज आईएमई जनरल इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता १२ सय १७ रुपैयाँ अन्तिम मूल्यमा २२ करोड २० लाख ५३ हजार चार सय १६ रुपैयाँ ३० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।
प्रतिक्रिया