कुन साइनो हो यो ?
नेपालखोज
२०७८ माघ ८ गते ११:४४

एउटा मान्छेको अबतार फेरि
मायालु बन्दै गएको छ
नबुझे झैँ गर्दै व्यवहारमा
माया छ भन्दै गएको छ
महसुस गर्छु न्यानो लाग्छ
माया दोब्बर हुन्छ
नौलो शैली अनौठो बानी
मनको कुना कुना छुन्छ
खाँदैन कसम दिन्छ साथ
उ मेरो बन्दै गएको छ
नदेखे झैँ गर्दै हेराइ भरी
माया छ भन्दै गएको छ
नपरे नी हुन्थ्यो मोह जालमा
मलाइ आफ्नै लाग्छ माया
ओझेल बन्छु नजिक आउँछौ
कुन साइनो को हो यो छाँया
आफ्नो भन्दैनौ पराए मान्दैनौ
मन तिम्रो बन्दै गएको छ
नबोले झैँ गर्दै ओठ भरी
माया छ भन्दै गएको छ ।
सम्बन्धित
प्रतिक्रिया