अवैध रकमसहित दुईजना पक्राउ
नेपालखोज
२०७८ माघ ८ गते ८:२२

राजविराज । जिल्ला प्रहरी कार्यालय सप्तरीले स्रोत नखुलेको नौ लाख ९० हजार रुपैयाँसहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका ५ बस्ने २९ वर्षीय राजेशकुमार चौधरी र शम्भुनाथ नगरपालिका १२ बस्ने २४ वर्षीय दिलीपकुमार मण्डल रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
राजविराज नगरपालिका ५ मा प्रदेश २-०१-००३ प ३४७८ नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त रकमसहित चौधरी र मण्डललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुवै जनालाई उक्त रकम र मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय सुनसरी पठाइएको काफ्लेले जानकारी दिए । -रासस
सम्बन्धित
प्रतिक्रिया