१० अंकले नेप्से घट्दा ७ अर्ब ३ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से घटेको छ । नेप्से आज १० दशमलव ८३ अंकले घटेर २९ सय २० दशमलव ५१ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव शून्य ६ अंकले बढेर पाँच सय ४३ दशमलव ८० अंकमा चढेको छ ।
दुई सय ३२ कम्पनीको ८७ हजार चार सय ७८ पटकको कारोबारमा एक करोड ४७ लाख चार हजार दुई सय ७७ कित्ता सेयर खरिद–बिक्री भएका छ । जसमा कुल कारोबार रकम सात अर्ब तीन करोड पाँच लाख आठ हजार दुई सय ६३ रुपैयाँ पुगेको छ ।
१३ वटा समूहको कारोबार भएकामा आज पाँचवटा समूहको सूचक बढेर बाँकी समूहको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक १६ दशमलव ६७ अंकले घटेर १८ सय ९३ दशमलव २९ अंकमा झरेकामा विकास बैंक समूहको सूचक पनि ७३ दशमलव ४२ अंकले घटेर पाँच हजार दुई सय पाँच दशमलव ३२ अंकमा झरेको छ । जलविद्युत् समूहको सूचक पनि ४२ दशमलव ७५ अंकले घटेर ३४ सय ६३ दशमलव ८८ अंकमा झरेकामा फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, लघुवित्त र लगानी समूहको सूचक पनि घटेका छन् ।
निर्जीवन बिमा समूहको सूचक भने आज ३० दशमलव सात अंकले बढेर १३ हजार तीन सय ९० दशमलव ६४ अंकमा चढेकामा जीवन बिमा समूहको सूचक पनि दुई सय २९ दशमलव ९६ अंकले बढेर १६ हजार आठ सय ८४ दशमलव ९० अंकमा चढेको छ । यीबाहेक उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहहरूको सूचक पनि पनि बढेका छन् ।
नेप्सेमा आज वीन नेपाल लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर नौ सय १४ रुपैयाँ १० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा सामलिङ पावर लिमिटेडको प्रतिकित्ता सेयर मूल्य भने ६ दशमलव ६९ प्रतिशतले घटेर ६ सय ८३ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी नेपाल टेलिकम भने आज प्रतिकित्ता १५ सय १३ रुपैयाँ अन्तिम मूल्यमा ३२ करोड १४ लाख ५३ हजार चार सय २८ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।
प्रतिक्रिया