जोर-विजोर सार्वजनिक गाडी चल्न थाले
ट्याक्सी र निजी गाडीमा भने नियम कायमै
नेपालखोज
२०७८ माघ १५ गते ११:३६

काठमाडौं । काठमाडौं उपत्यकामा आज (शनिबार) देखि सार्वजनिक गाडीमा जोर–बिजोर नियम हटाइएको छ । गत माघ ७ गतेदेखि उपत्यकाभित्र चल्ने सार्वजनिक गाडीमा जोर–बिजोर प्रणालीको नियम बनाइएको थियो ।
उपत्यकाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले ट्याक्सी र निजी गाडीमा भने जोर–बिजोरका नियमलाई यथावत राखेको छ । बैठकले सार्वजनिक गाडीमा लगाइएको नियम भने हटाउने निर्णय गरेको थियो ।
जोर–बिजार हटाउने निर्णय गएराति १२ बजेदेखि लागू भएको हो । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले सार्वजनिक गाडीमा जोर–बिजोर प्रणाली हटाउन सरकारलाई सुझाव दिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया