बिहीबार, वैशाख ११, २०८२

१४ अंकले नेप्से घट्दा ८ अर्ब ६१ करोडको कारोबार

नेपालखोज २०७८ माघ २० गते १५:३०

काठमाडौं । नेप्सेमा दोहोरो अंकले गिरावट आएको छ । साताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से १४ दशमलव ५८ अंकले घटेर २८ सय ७६ दशमलव ७५ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २६ अंकले घटेर पाँच सय ३९ दशमलव ६४ अंकमा पुगेको छ ।

दुई सय २४ कम्पनीको एक लाख आठ हजार तीन सय ६५ पटकको कारोबारमा एक करोड ५७ लाख ८० हजार सात सय १३ कित्ता सेयर खरिद बिक्री हुँदा आज कुल कारोबार रकम आठ अर्ब ६१ करोड २१ लाख ७४ हजार एक सय ६२ रुपैयाँ पुगेको छ ।

१३ समूहको कारोबार भएकामा आज दुईवटाको सूचक बढेर बाँकी समूहको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक ६ दशमलव १८ अंकले घटेर १८ सय ३४ दशमलव ९१ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक पनि एक सय ७३ दशमलव ७४ अंकले घटेर १६ हजार दुई सय ४५ दशमलव ६९ अंकमा झरेको छ ।

यीबाहेक बिकास बैंक, ट्रेडिङ, होटेल तथा पर्यटन, फाइनान्स, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक घटेका छन् । जलविद्युत् समूहको सूचक भने ६ दशमलव ७३ अंकले बढेर ३५ सय २७ दशमलव सात अंकमा चढेकामा निर्जीवन बिमा समूहको सूचक पनि १२ दशमलव १७ अंकले बढेर १३ हजार दुई सय १४ दशमलव ७२ अंकमा चढेको छ ।

नेप्सेमा आज विन लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर १९ सय ५९ रुपैयाँ २० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको मूल्य तीन दशमलव ५५ प्रतिशतले घटेर चार सय ५१ रुपैयाँ ४० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज अरुण भ्याली हाइड्रोे पावर कम्पनीको प्रतिकित्ता पाँच सय ९३ रुपैयाँ अन्तिम मूल्यमा ८२ करोड ७० लाख ३५ हजार तीन सय ३६ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया