जिन्दगी
किशोर विश्वकर्मा
२०७८ माघ २२ गते ९:२८

जिन्दगी सँगै छ
बाटो पनि सँगै छ
जानु छ धेरै टाढा
यात्रा पनि सँगै छ ।
जिन्दगी कतै हराएजस्तो
जिन्दगी कतै बिराएजस्तो
एक्लै हिंड्नु छ धेरै टाढा
सुस्केरा पनि सँगै छ ।
रात सँगै छ
निन्द्रा पनि सँगै छ
सपना छ धेरै टाढा
थकाइ पनि संगै छ ।
सम्बन्धित
प्रतिक्रिया