आइतबार, वैशाख २१, २०८२

श्रमिक अस्पताल बन्दै

नेपालखोज २०७८ माघ २४ गते १८:३८

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रमिक अस्पताल निर्माण अघि बढाएका छन् । आफ्नो कार्यकालको प्रमुख लक्ष्यमध्ये श्रमिक अस्पताल निर्माणलाई प्राथमिकता दिँदै श्रेष्ठले श्रमिक अस्पताल निर्माण अवधारणापत्र स्वीकृत गरी अस्पताल निर्माणको सम्भाव्यता अध्ययन गरेका छन् ।

मन्त्रालयका श्रम सम्वन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख शेषनारायण पौडेलको संयोजकत्वमा गठन गरिएको अध्ययन टोलीले अस्पताल सञ्चालनको लागि मानवीय, भौतिक, आर्थिक तथा व्यवस्थापकीय स्रोत साधन, सञ्चालन लगायत पक्षबारे अध्ययन गर्ने भएको छ । मुलुकको आर्थिक विकास र समृद्धिको आधारको रुपमा रहेका लाखौं श्रमिकलाई भरपर्दो र सर्वसुलव स्वास्थ्य उपचारको व्यवस्था मिलाउन अस्पताल निर्णय गर्न लागिएको मन्त्री श्रेष्ठले बताए । अस्पतालको उद्देश्यमा ७० लाख बढी आन्तरिक रोजगारीमा रहेका श्रमिकको परिवारका सदस्यका लागि कार्यस्थल दुर्घटना, मातृत्व संरक्षण, बिरामी हुँदा औषधि उपचार सुविधा उपलब्ध गराउने उल्लेख छ ।

सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्न श्रमिक अस्पताल निर्माण जरुरी देखिएको भन्दै श्रेष्ठले अभियानमा सबैबाट आवश्यक समन्वय र सहयोगको अपेक्षा गरेको बताए । सरकारले श्रमिक र श्रमिकका परिवारका लागि न्यून मूल्यमा स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक देखिएकोले श्रमिक अस्पतालको अवधारणा ल्याइएको मन्त्री श्रेष्ठको बताए ।

प्रतिक्रिया