१६ अंकले नेप्से घट्दा ६ अर्ब २८ करोडको कारोबार

काठमाडौं । नेप्सेमा पुनः गिरावट आएको छ । अघिल्लो दिन १५ अंकले बढेको नेप्से आज (मंगलबार) भने १६ दशमलव तीन अंकले घटेर २८ सय ३५ दशमलव ५८ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ८२ अंकले घटेर पाँच सय ३२ दशमलव ४९ अंकमा पुगेको छ ।
दुई सय ३० कम्पनीको ७१ हजार तीन सय ४० पटकको कारोबारमा एक करोड २० लाख ५३ हजार सात सय ५१ कित्ता सेयर खरिद–बिक्री हुँदा आज कुल कारोबार रकम ६ अर्ब २८ करोड ७२ लाख १७ हजार नौ सय ८५ रुपैयाँ पुगेको छ ।
१३ समूहको कारोबार भएकामा आठ समूहको सूचक घटेर पाँचवटा समूहको सूचक बढेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक ६ दशमलव ४७ अंकले घटेर १८ सय पाँच दशमलव ६५ अंकमा झरेकामा जलविद्युत् समूहको सूचक पनि ५३ दशमलव ६५ अंकले घटेर ३४ सय ४० दशमलव पाँच अंकमा झरेको छ ।
जीवन बिमा समूहको सूचक एक सय ६८ दशमलव ५४ अंकले घटेर १५ हजार ६ सय ३८ दशमलव ५८ अंकमा झरेकामा विकास बैंक, फाइनान्स, अन्य, लघुवित्त र लगानी समूहको सूचक पनि घटेका छन् । निर्जीवन बिमा समूहको सूचक भने ५६ दशमलव २२ अंकले बढेर १३ हजार दुई सय २५ दशमलव १२ अंकमा चढेकामा होटेल तथा पर्यटन, ट्रेडिङ, उत्पादनमूलक र सामूहिक लगानी कोष समूहहरूको सूचक पनि बढेका छन् ।
नेप्सेमा आज एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको मूल्य ६ दशमलव १५ प्रतिशतले बढेर चार सय ८१ रुपैयाँ ९० पैसामा कारोबार हुँदा लिबर्टी इनर्जी कम्पनीको प्रतिकित्ता सेयर मूल्य ६ दशमलव २७ प्रतिशतले घटेर तीन सय ८९ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आज अरुण भ्याली हाइड्रो पावर कम्पनीको प्रतिकित्ता पाँच सय ७४ रुपैयाँ अन्तिम मूल्यमा ३५ करोड ८५ लाख १२ हजार चार सय ३२ रुपैयाँ ९० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।
प्रतिक्रिया