आइतबार, वैशाख ७, २०८२

भिभो वाई-७५ फाइभजी !

नेपालखोज २०७८ माघ २६ गते १३:४३

काठमाडौं । भिभोले आफ्नो नयाँ फाइभ जी स्मार्टफोन Vivo Y75 5G सार्वजनिक गरेको छ । य‍ो फोन ट्रिपल रियर क्यामेरा सेटअपका साथ आएको छ जसको मुख्य क्यामेरा ५० एमपीको छ । यसको परफर्मेन्सलाई उत्कृष्ट बनाउन यसमा मिडियाटेक डाइमेन्सिटी ७०० प्रोसेसर जडान गरिएको छ ।

Vivo Y75 5G को मूल्य
Vivo Y75 5G को अन्तर्राष्ट्रिय बजार मूल्य ३५ हजार जति पर्छ । यो फोन केवल एउटा भेरियन्टमा उपलब्ध हुन्छ जसमा ८ जीबी र्याम तथा १२८ जीबी इन्टरनल स्टोरेज दिइएको छ । उपभोक्ताले यो फोनमा ग्लोइङ ग्यालेक्सी तथा स्टारलाइट ब्ल्याक कलरमा खरिद गर्न सक्छन् ।

स्पेसिफिकेसन्स
डिस्प्ले –
६.५८ इन्चको फुल एचडी प्लस १०८०x २४०८ पिक्सल रिजोल्युसन ।

प्रोसेसर – मिडियाटेक डाइमेन्सिटी ७०० ।

र्याम – ८ जीबी ।

इन्टरनल स्टोरेज – १२८ जीबी ।

अपरेटिङ सिस्टम – एड्रोइड १२ मा आधारित Funtouch OS 12 ।

ट्रिपल रियर क्यामेरा सेटअप – ५० एमपी (मेन क्यामेरा) प्लस २ एमपी (बोकेह लेन्स ) प्लस २ एमपी (माइक्रो लेन्स ) ।

फ्रन्ट क्यामेरा – १६ एमपी

ब्याट्री – ५००० एमएएच (१८ वाटको फास्ट चार्जिङ सपोर्ट) ।

कनेक्टिभिटी – फाइभजी, फोरजी एलटीई, ब्लुटुथ ५.१, वाइफाई, जीपीएस तथा एफएम रेडियो ।

प्रतिक्रिया