खुल्यो इमर्जिङ नेपालको आईपीओ, कति कित्ता भर्ने ?

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले साधारण सेयर (आईपीओ) को बिक्री खुला गरेको छ । कम्पनीले आज (बुधबार) बाट पाँच करोड ५५ लाख ६० हजार रुपैयाँबराबरको साधारण सेयरको बिक्री खुला गरेको हो । कम्पनीका अनुसार सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी पाँच लाख ५५ हजार ६ सय कित्ता साधारण सेयर सेयरको बिक्री खुला गरिएको हो ।
एनआईसी एसिया क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको कम्पनीको सेयर बिक्री छिटोमा यही फागुन १ गते र ढिलोमा फागुन ११ गते बन्द हुनेछ । बिक्री गरिने कुल सेयरमध्येमा दुई प्रतिशत अर्थात् ११ हजार एक सय १२ कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीका लागि छुट्याइएको छ भने पाँच प्रतिशत अर्थात २७ हजार सात सय ८० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
यसबाहेक बाँकी रहेको पाँच लाख १६ हजार सात सय आठ कित्ता सेयर भने सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जनाएको छ ।
खरिदकर्ताहरूले न्यूनतम १० देखि अधिकतम एक हजार कित्तासम्मको सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । अधिकृत पुँजी पाँच अर्ब तथा जारी पुँजी ५५ करोड ५६ लाख रुपैयाँ रहेको कम्पनीको साधारण सेयरको बिक्रीपश्चात् भने चुक्ता पुँजी ५५ करोड ५६ लाख रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया