आइतबार, वैशाख ७, २०८२

संसारका खतरनाक जेल

नेपालखोज २०७८ माघ २७ गते १९:३८

एडीएक्स फ्लोरेन्स सुपरम्याक्स, अमेरिका
४९० बेड भएको यो जेल परिसर ३७ एकडमा फैलिएको छ । ७ बाइ १२ फीटका यो जेलका प्रतेक कोठामा टीभीका अतिरिक्त, बाथरुम, खाट र एउटा टेबुल छ । य‍ो जेल पुर्णत कंक्रीटले बनेको छ । बाहिर केही इन्चको सान‍ो भेन्टिलेटर मात्र भएको यो जेलमा रिमोट कंट्रोलयुक्त १४ हजार ढोका छन भने कैदीहरु हर समय सिसिटिभि क्यामेराको दृष्टिमा रहन्छन् ।

क्विनचेङ प्रिजन, चीन
चीनको राजधानी बेइजिङको चाङपिङ इलाकामा अवस्थित यो जेल रूसको सहयोगमा १९५८ मा निर्माण भएको हो । २० वर्गमिटरको यो जेलका कोठाहरुमा फर्नीचरको नाममा खाट मात्र उपलब्ध हुन्छ । यो जेलमा काठको ढोका छ जसको दुबै तिर फलामको पट्टि हुन्छ । यहाँ कोठामै खाना दिइन्छ भने कैदीहरुको शारिरिक ब्यायामका लागि बिशेष यार्ड पनि छ ।

एचएमपी बेलमार्स, बेलायत
दक्षिण पूर्व लन्डनमा अबस्थित यो जेल १९९१ मा खुलेको हो । यहाँ खासगरि आतंकवादी गतिविधिमा सक्रिय कैदीहरुलाइ राखिन्छ । यहाँ ६० प्रतिशत कैदी अरु कैदीहरुका साथ तथा ४० प्रतिशत कैदी एक्लै राखिन्छन । यो जेलमा पढाईका साथै खेलकुद, कसरत लगायत अरु पनि प्रशिक्षण दिइन्छ ।

क्याम्प डेल्टा, अमेरिका
क्याम्प डेल्टा ग्वांतानामो बे स्थित अमेरिकाको स्थायी जेल हो । यहाँ २००२ मा पहिल‍ क्याम्प निर्माण गरिएको थियो । यहाँ कैदीहरुलाइ राख्ने छ वटा अलग – अलग क्याम्प छन जसलाई अलग – अलग नाम दिइएको छ । यो जेलका कैदीहरुको अधिकार निकै अनिश्चित र सीमित छ । किनभने यो जेल अमेरिकी जमीनमा निर्माण भएको होइन । यहाँ कैदीहरु प्रति ज्यादती र दुर्व्यवहार भएको गुनासो पनि आइरहन्छ ।

फेडरल करेक्सनल कम्प्लेक्स, अमेरिका
अमेरिकाको यो संघीय जेल इन्डियाना राज्यमा छ । यहाँ पुरुष कैदीहरुलाइ मात्र राखिन्छ । यो जेलमा अलग किसिमको सुरक्षा व्यवस्थाका साथ हर किसिमका कैदीका लागि अलग व्यवस्था मिलाइएको हुन्छ । यहाँ बढि खतरनाक कैदीलाइ एक्लै राखिन्छ जहाँ उनिहरु २३ घन्टा निगरानीमा हुन्छन् भने बाँकी समय उनिहरु खाना खाने तथा कसरत गर्ने बेला अरु सँगको हेलमेलमा हुन्छन् ।

आर्थर रोड जेल, भारत
मुम्बई , भारतको यो जेलले १९९४ मा सेंट्रल जेलको मान्यता पाएको हो । १९२६ मा निर्मित यो जेल अहिले पनि आर्थर रोड जेलका नामले प्रसिद्ध छ । २ एकडमा फैलीएको यो जेलको क्षमता ८०० भए पनि यहाँ करिब २००० कैदी राखिन्छन । फरार कारोबारी विजय माल्यालाइ बेलायतबाट प्रत्यार्पण गरिए यहि जेलको एउटा कोठरीमा राख्ने तैयारी गरिएको छ भने शाहरुख खान पुत्रलाइ नशालु पदार्थको सिलसिलामा यहीँ हिरासतमा राखिएको थियो ।

फुशु प्रिजन, जापान
फुशु सहरमा अवस्थित यो जेल जापानको सबैभन्दा ठूलो जेल हो । दोस्रो विश्व युद्ध समाप्त हुनु पहिले यहाँ कम्युनिस्ट नेताहरु , प्रतिबन्धित धार्मिक नेताहरु तथा कोरियाली स्वतन्त्रता सेनानिहरुलाइ कैद गरिन्थ्यो । करीब ५६ एकडमा फैलीएको यो जेलमा २ हजार भन्दा बढि कैदी राखिन्छ । यहाँ विदेशी , मानसिक रोगी , शारिरिक रुपमा असक्षम तथा आम कैदीहरुलाइ अलग – अलग राखिन्छ ।

ला सान्ते प्रिजन, फ्रान्स
पेरिसको यो कुख्यात जेलमा आम अपराधि सँगै केही प्रसिद्ध हस्तिले पनि सजाय काटेका छन । यो जेलका कोठा ४ मिटर लामा ,२.५ मिटर चौडा तथा तीन मिटर अग्ला छन । यो जेलमा २ हजार कैदी राख्ने व्यवस्था छ । यो त्यो ठाउँ पनि हो जहाँ कुनै समय सार्वजनिक मृत्युदण्ड समेत दिइन्थ्यो ।

अल्कात्राज फेडरल पेनीन्टेसियरी, अमेरिका
सय वर्षभन्दा पुरानो यो जेल पहिले सेनाका लागि भनेर निर्माण गरिएको थियो।अत्याधुनिक सुरक्षा उपाय तथा प्रबिधिले सुसज्जित यो जेल सन फ्रान्सिस्कोको खाडीमा अवस्थित छ । चारै तिर फैलिएको चिसो समुद्री पानीका कारण कैदीहरुले यहाँबाट भाग्ने कल्पना पनि गर्दैनथे । १९६३ मा य‍ो जेललाइ बन्द गरेर म्युजियममा परिणत गरियो ।

प्रतिक्रिया