मंगलबार, वैशाख ९, २०८२

इतिहास सन्दर्भ : जातपात र शोषणका कुरा

सुनील सापकोटा २०७८ माघ २८ गते ९:५९

हिजोआज हिन्दु धर्मावलम्बीलाई अन्य धर्मावलम्बीले हिन्दु धर्ममा जातपात, छुवाछूत र भेदभाव व्यापक छ भन्ने गरेका छन् । जो एक हदसम्म सही पनि छ । तर अचेलको यस आधुनिक युगमा समयसापेक्ष यस्ता कुराहरु आफैं हराउँदै गइरहेका पनि छन् । यो जातपात, ब्राह्मणवादका कर्मकाण्डी कुराहरु मनुको पालापछि सुरुवात भएको देखिन्छ । त्योभन्दा अगाडि जात भए पनि ठूलो सानो भन्ने थिएन । हुन त कतिपय कुराहरूमा ‘कन्ट्रोभर्सी’ पनि छ । तर पनि महाभारत प्राचीनकालमा जातपात थिएन भन्ने कुरा यस तलका सन्दर्भहरुले देखाउँछ ।

महाभारत पढ्दा राजा सान्तनुले एउटा माझीको छोरी सत्यवतीसँग विवाह गरेको प्रसंग पाइन्छ । त्यसपछि सत्यवतीका छोराहरु क्षेत्री भए । जो जातपात त्यतिखेर भए तिनीहरु क्षेत्री न हुनुपर्ने हो । त्यो बेला कर्मअनुसारको वर्ण व्यवस्था थियो । त्यो कालको कुरा गर्दा महाभारत लेख्ने वेद व्यासको आमा माझी जातकी थिएन तर व्यास महर्षि भए । जो गुरुकुल चलाएर बस्थे ।

त्यस्तै महाभरतकै महात्मा विदुरलाई पनि महापण्डित भनिन्छ जो एक दासीको पुत्र थिए । उनी हस्तिनापुरको महामन्त्री बने । उनले लेखेको विदुर नीति, प्रचीन राजनीतिको ग्रन्थ हो ।
त्यस्तै भीमले पनि हिडिम्बासँग विवाह गरेका थिए ।
श्रीकृष्ण पनि दूधको व्यवसाय गर्ने परिवारका थिए । त्यो बेला यादवहरु क्षेत्रीसरह थिए । राजा पनि भए ।
तर भारतमा अहिले यादवहरुलाई ‘सेडुलकास्ट’ मा राखिएको छ ।

रामायणका श्रीराम पुत्रहरु लव कुश वाल्मीकिको गुरुकुलमा पढथे । वाल्मीकि पहिले डाकु थिए, जो पछि वनबासी ऋषिहरुका गुरु भए ।
यो वैदिककालको कथा हो । स्पष्ट छ, त्यो बेला छुवाछूत थिएन । उँचनिच भन्ने थिएन । कसैले-कसैलाई शोषण गर्दैन थिए । आफ्नो योग्यताअनुसार मानिसहरुको आदर भाव हुन्थ्यो । पदहरु पाउँथे ।

त्यसबेला वर्ण मानिसहरु वर्ण आधारमा थिए । जसलाई परिवर्तन गर्न सकिन्थ्यो । जसलाई आज पनि इकोनोमिक्समा ‘डिभिजन अफ लेबर’ भनिन्छ । त्यस्तै प्राचीन भारतको कुरा गर्दा त्यो बेला भारतको मगध जनपद ठूलो राज्यको थियो । जसमा नन्द वंशको राज शासन थियो । तिनीहरुको बाजे-बराजुहरुको पेसा पहिले कपाल काट्ने थियो ।

त्यसपछि भारतमा मौर्य वंशको शासन व्यवस्था आयो । त्यसको सुरुवात चन्द्रगुप्तबाट भएको थियो । जो पहिले मुजूर चरा पाल्ने परिवारमा सम्बन्धित थिए । एउटा ब्राह्मण चाणक्यले चन्द्र गुप्तलाई देशको सम्राट बनाए । भारतमा ५०६ वर्षसम्म मौर्यहरुको राज रहेको इतिहासमा पाइन्छ ।

त्यसपछि गुप्त वंशको राज आयो । जो घोडाको अस्तबल चलाउँथे र घोडाको व्यापार गर्थे । भारतमा तिनको शासनकाल पनि इतिहासमा १४० वर्षसम्म रहेको पाइन्छ । त्यसपछि भारतमा मध्यकाल आयो । जो भारतमा समय सन् ११००- १७५० सम्म रह्यो ।

अन्त्यमा, भारमा मराठीहरुको उदय भयो । बाजी राव ब्राह्मण थिए । गाई चराउँथे । तिनलाई पछि राजा बनाइयो । मीरा बाई जो कि राजपूत थिइन् । उनको गुर रविदास थिए । जो चमार थिए । रविदासकोको गुरुचाहिँ रामानन्द ब्राह्मण हुन् ।

इतिहास हेर्दा मुगलकालबाट भारतमा रुढीवादी प्रथाहरु व्यापक हुँदै गयो । जस्तै- हत्या हिंसा, बलात्कार, स्त्री पर्दा प्रथा, गुलाम प्रथा, बाल विवाह आदि अनैतिक फोहरी काम कुराहरुको सुरुवात भएको हो कि ? जस्तो मलाई लाग्छ ।

त्यस्तै भारतमा सन् १८००-१९४७ सम्म अंग्रेजहरुको शासन रह्यो । त्यहीबाट जातिवाद र ठूलो र सानो जात र छुवाछूतको समाजमा बढी प्रचलन रह्यो होला कि ? अंग्रेजहरुको ‘फुट डालो और राज करो की नीति’ अन्तर्गत हिन्दु धर्ममा उच्च र निच जातिको उदय भएको हो कि ? जस्तो मलाई लाग्छ ।

यसरी भारत वर्षको हजारौं वर्षको इतिहास हेर्दा यो देशमा कैयौंपटक विदेशीहरुले आक्रमण गरे । सत्ता हत्याए । तिनीहरुले यहाँको इतिहास पनि लेखे । भारतको सामाजिक स्थिति माथि किताबहरु लेखे । पहिले पहिलेका भारतको सामाजिक अवस्थाको विषयमा लेखेका किताबहरुमा जाति प्रथाले शोषण गरेको पाइँदैन ।

प्रतिक्रिया