‘आफ्नो प्रेम, आनन्द र उल्लासलाई नरोक्नुहोस्’

-यदि तपाईंले भित्री कृपाको सहायताले सजिलैसँग चुनौतीपूर्ण समयहरू पार गर्न सक्नुभयो भने, तपाईंले देख्नुहुनेछ कि हामीले सामना गर्ने हरेक परिस्थिति हाम्रो जीवनलाई माथि उठाउनको लागि एउटा अवसर हो ।
-तपाईं पूर्ण हुनको निम्ति तपाईंले केही गर्नुपर्दैन, तपाईंले केही सोच्नुपर्दैन, तपाईंले केही महसुस गर्नुपर्दैन । यसैपनि तपाईं पूर्ण जीवन हुनुहुन्छ ।
-मार्ग नै गन्तव्य हो, अनि गन्तव्य मार्गमा लुकेको हुन्छ- ठीक त्यही रूपमा, जसरी सृष्टिभित्र सृष्टिकर्ता लुकेका छन् ।
-तपाईं आफ्नो प्रेम, आफ्नो आनन्द, आफ्नो उल्लासलाई नरोक्नुहोस् । तपाईं जे बाहिर व्यक्त गर्नुहुन्छ, त्यहीमात्र तपाईंको गुण बन्दछ- त्यो होइन, जुन तपाईं रोकेर राख्नुहुन्छ ।
-यदि तपाईं आफ्नो नश्वर प्रकृतिको बारेमा जतिबेला पनि सचेतन रहनुभयो भने, तपाईंले त्यही मात्र गर्नुहुनेछ, जसले वास्तवमै महत्त्व राख्दछ ।
-अहिले हामी सबै सँगै उभिने समय हो- एउटा राष्ट्रको रूपमा मात्रै नभई सिँगो मानवताको रूपमा ।
-यदि तपाईंले तर्कको सीमामा बाँधिएर काम गर्नुभयो भने, तपाईं जीवनको सर्कसमा केवल जोकरको रूपमा रहनुहुनेछ ।
-एउटा सर्वाधिक महत्त्वपूर्ण कुरा मानिसहरूलाई तिनको बाध्यात्मक र अचेतन प्रवृत्तिहरूबाट मुक्त गरी भौतिकबाट पर जानको लागि मार्ग बनाइदिनु हो ।
-यदि तपाईं आफूभित्र आनन्दित, शान्त र प्रशन्न हुने कुरा बाहिरी परिस्थितिमा निर्भर गर्दछ भने, तपाईं जसरी रहनुहुन्छ, त्यो संयोगवश हुनेछ ।
-योग अभ्यासहरूको साथमा, हरेक दिन धरती र अरू तत्त्वहरूको सम्पर्कमा रहनाले तपाईंको जीवन-शक्तिमा विशाल भिन्नता ल्याउन सक्दछ ।
प्रतिक्रिया