म मरेको छैन
अरुण तिवारी
२०७८ माघ २९ गते ६:५५

म मरेको छैन अझै बाँकी छ सास
तर पनि सबै भन्छन् तँ भइस् जिउँदो लास
मुहारभरि छल्केका छन् पीडाका निशानी
आँखा पनि रित्तिसक्यो नभएर पानी
कुन मोडमा मोडिएर कता पुग्छ बाटो
यौटैमात्र छ कि कसो जिन्दगीको पाटो
सम्झनाले पारिसक्यो थिलथिलो
मन केही छैन मसँग कमजोर छ तन
बोली पनि हराएर हुन पुगेँ लाटो
विषको घुट्को पाए हुन्थ्यो जिन्दगीको साटो ।
सम्बन्धित
प्रतिक्रिया