मंगलबार, वैशाख ९, २०८२

मन नै मनुष्यको एक मात्र शत्रु

एलपी भानु शर्मा २०७८ फागुन १ गते ८:५५

-‘मनुष्य’ शरीरको नाम हो कि मनको ?
यो प्रश्नको उत्तरमा निहित छ हामीले ध्यान के सुधार्नमा लगाउनुपर्छ । मूल सफा भए मात्र पानी सफा हुनसक्छ ! जरामा मलजल गरे पूरै वृक्ष स्वस्थ हुन्छ !

-आफैलाई सोधौं त- मैले बुद्ध खोजेको हो कि बुद्धत्व ? मेरो समस्याको समाधान कुन चाहिंले गर्ला ?

-सकारात्मक सोच के हो ?
आफूले चाहेको र रोजेको विषयमा विचार केन्द्रित गर्ने क्षमता ।
नकारात्मक सोच के हो ?
आफूले नचाहेको र नरोजेको विषयको विचार गर्नुपर्ने वाध्यता ।

-आफूले खोजेको कुरा नपाएको होइन,
के खोजेको हो त्यो थाहा नपाएको होला !

-मानिसलाई उसको व्यवहारबाट मात्र नजांच । उसको असली प्रतिभा प्रकट हुन बांकी नै हुनसक्छ !

-देवताहरूले आएर कसैलाई खुसुक्क भनेर गए-
मनुष्यले आफूलाई जति जान्दछ त्योभन्दा ऊ अनन्त गुणा बढी छ ।

-मनमा निरन्तर याद उसैको आउँछ जो आफ्ना लागि सबैभन्दा महत्त्वपूर्ण छ जस्तो लाग्छ ।

त्यसकारण, परम महत्त्व त्यसलाई नै दिनुपर्छ जो सर्वाधिक महत्त्वपूर्ण हुन्छ ।

-आश्चर्य ! सारा ब्रह्माण्ड जसभित्र अटेको छ, उहि नै हाम्रो सानो हृदयमा पनि अटाएर बसेको छ ।
त्यो एकलाई जाने अरू जान्न शेष केहि रहन्न । त्यो एकलाई पाएपछि पाउनलायक केही रहन्न ।

-मनमा निरन्तर याद उसैको आउँछ जो आफ्ना लागि सबैभन्दा महत्त्वपूर्ण छ जस्तो लाग्छ ।
त्यसकारण, परम महत्त्व त्यसलाई नै दिनुपर्छ जो सर्वाधिक महत्त्वपूर्ण हुन्छ ।

-रोग बढिरहेको बेला आफ्नै आन्तरिक स्वास्थ्यलाई सक्रिय बनाउनु !
निराशा बढिरहेको बेला आफ्नै आशाको केन्द्रलाई सक्रिय बनाउनु !!
अन्धकार बढिरहेको बेला सानै भए पनि आफ्नै आत्माको प्रकाशलाई सक्रिय बनाउनु !!!

प्रतिक्रिया