बिहीबार, वैशाख ११, २०८२

२७ सय अंकमा रोकिएको नेप्सेमा २२७ कम्पनीको ३ अर्ब ६८ करोडको कारोबार

नेपालखोज २०७८ फागुन २ गते १५:४३

काठमाडौं । नेप्सेमा झिनो अंकले करेक्सन देखिएको छ । अघिल्लो दिन एक सय अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन सोमबार भने शून्य दशमलव शून्य आठ अंकले बढेर २७ सय दशमलव ९८ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव ३६ अंकले घटेर पाँच सय १३ दशमलव ३० अंकमा पुगेको छ ।

दुई सय २७ कम्पनीको ४९ हजार आठ सय ८२ पटकको कारोबारमा ७५ लाख ४९ हजार सात सय ७९ कित्ता सेयर खरिद–बिक्री भएकामा आज कुल कारोबार रकम तीन अर्ब ६८ करोड ४० लाख नौ हजार नौ सय १५ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको कारोबार भएकामा सात समूहको सूचक बढेर पाँचवटा समूहको सूचक घटेको छ भने लगानी समूहको सूचक स्थिर रह्यो । सोमध्ये वाणिज्य बैंक समूहको सूचक तीन दशमलव २२ अंकले घटेर १७ सय ३६ दशमलव ७२ अंकमा झरेको छ । निर्जीवन बिमा, ट्रेडिङ, उत्पादनमूलक र सामूहिक लगानी कोष समूहको सूचक पनि घटेका छन् । विकास बैंक समूहको सूचक भने १६ दशमलव ३२ अंकले बढेर ४६ सय ९४ दशमलव ५४ अंकमा चढेकामा जलविद्युत् समूहको सूचक पनि पाँच दशमलव ३७ अंकले बढेर ३२ सय दशमलव ८९ अंकमा चढेको छ ।

यसैगरी जीवन बिमा समूहको सूचक ५२ दशमलव ४९ अंकले बढेर १४ हजार नौ सय २२ दशमलव दुई अंकमा चढेको छ । फाइनान्स, होटेल तथा पर्यटन, अन्य र लघुवित्त समूहहरूको सूचक भने बढेका छन् ।

नेप्सेमा आज बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य आठ दशमलव १३ प्रतिशतले बढेर ६ सय ६५ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा मैलुङ खोला जलविद्युत् कम्पनीको प्रतिकित्ता सेयर मूल्य पनि तीन दशमलव ८५ प्रतिशतले घटेर पाँच सय ७५ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज नेसनल हाइड्रो पावर कम्पनीको प्रतिकित्ता चार सय ३१ रुपैयाँ ७० पैसा अन्तिम मूल्यमा ५४ करोड ९१ लाख ९३ हजार दुई सय ४५ रुपैयाँ ४० पैसाको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया