‘जब तपाईंमा जीवित हुनुको अनुभव गहन बन्छ, त्यसपछि गरिने हरेक काम सार्थक बन्छ’

-मानिसहरू सफल हुनुको कारण कडा परिश्रम नै हुन जरूरी छैन । उनीहरू त्यसरी काम गर्छन्, जुन तरिकाले त्यसले काम गर्छ ।
-जे विगत हो, त्यसलाई ठीक गर्न सकिँदैन । जे वर्तमान हो, त्यसलाई केवल अनुभव गर्न सकिन्छ । जे हुनेछ, त्यसलाई निर्माण गर्न सकिन्छ ।
-विचार प्रक्रिया बेला-बेलामा भइरहने गतिविधि हो- जबकि, चेतना जतिबेला पनि सक्रिय रहन्छ ।
-जब तपाईंमा जीवित हुनुको अनुभव गहन बन्छ, तपाईंले गर्ने हरेक काम सार्थक बन्दछ ।
-योगको आधार यही हो: पूर्णतया प्रखर रहँदा पनि पूर्णतया आरामपूर्ण रहने ।
-हामी जहाँसुकै भए पनि, हामीले आफूले सकेजति गर्नुपर्छ । हाम्रो मानवतामा कति शक्ति छ भनेर दर्शाउने यही समय हो ।
-मौन, सृष्टि र सृष्टिकर्ताबाट पर, जीवन र मृत्युबाट परको स्थान हो । जसैजसै तपाईं मौन अभ्यास गर्नुहुन्छ, तपाईं ‘मौन’ बन्नुहुनेछ ।
-सत्यको खोज गर्नु भनेको सत्यमा पूर्ण रूपमा स्थापित हुन कसरी बाँच्न सकिन्छ भन्ने कुरामा ध्यान दिनु हो- हामी जस्तो छौँ, हामी जुन तरिकाले सोच्छौँ र महसुस गर्छौँ अनि हामी जे-जति कामहरू गर्दछौँ, हामी सत्यमा स्थापित हुन सकौँ ।
-आदियोगीको महत्त्व यही हो कि उनले मानव चेतनालाई माथि उठाउनको निम्ति यस्ता विधिहरू प्रदान गरे, जुन जुनसुकै समयको लागि सान्दर्भिक छन् ।
-यदि तपाईं कुनै काम आफूलाई बन्धनमा पार्न गर्नुहुन्छ भने, त्यो कर्म हो । यदि तपाईं त्यही काम आफ्नो मुक्तिको लागि गर्नुहुन्छ भने, त्यो धर्म हो ।
प्रतिक्रिया