शुक्रबार, वैशाख २६, २०८२

५३ अंकले नेप्से बढ्दा ३ अर्ब २३ करोडको कारोबार

नेपालखोज २०७८ फागुन ३ गते १५:३०

काठमाडौं । नेप्सेमा आज पूरै हरियाली देखिएको छ । अघिल्लो दिन शून्य दशमलव शून्य आठ अंकले बढेको नेप्से साताको तेस्रो कारोबार दिन मंगलबार भने ५३ दशमलव तीन अंकले बढेर २७ सय ५४ दशमलव २८ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव ८३ अंकले बढेर पाँच सय २२ दशमलव १३ अंकमा पुगेको छ ।

दुई सय २४ कम्पनीको ४३ हजार पाँच सय १९ पटकको कारोबारमा ६३ लाख ४३ हजार दुई सय २८ कित्ता सेयर खरिद–बिक्री भएको छ । उक्त सेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम तीन अर्ब २३ करोड ३३ लाख १८ हजार छ सय १४ रुपैयाँ पुगेको छ ।

१३ समूहको कारोबार भएकोमा १३ वटैको सूचक बढेर नेप्से पूरै हरियो देखिएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक १४ दशमलव ५७ अंकले बढेर १७ सय ५१ दशमलव २९ अंकमा चढेको छ । जलविद्युत् समूहको सूचक पनि एक सय ३८ दशमलव १२ अंकले बढेर ३३ सय ३९ दशमलव एक अंकमा चढेको छ । यसैगरी निर्जीवन बिमा समूहको सूचक एक सय ८५ अंकले बढेर १२ हजार पाँँच सय ६३ दशमलव ९८ अंकमा चढेको छ । जीवन बिमा समूहको सूचक पनि एक सय ८७ दशमलव तीन अंकले बढेर १५ हजार एक सय नौ दशमलव पाँच अंकमा चढेको छ । यीबाहेक विकास बैंक, फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज न्यादी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर चार सय ८९ रुपैयाँ ५० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा एनआईसी एसिया ब्यालेन्स फन्डको प्रतियुनिट सेयर मूल्य तीन दशमलव १४ प्रतिशतले घटेर १० रुपैयाँ ८० पैसा अन्तिम मूल्यमा प्रतियुनिट सेयर कारोबार भएको छ ।

यसैगरी आज हिमालयन डिस्ट्रिलरी प्रालिको प्रतिकित्ता चार हजार तीन सय ४२ रुपैयाँ अन्तिम मूल्यमा २२ करोड ७७ लाख ३९ हजार चार सय ९० रुपैयाँ ५० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया