बिहीबार, वैशाख ११, २०८२

राष्ट्र उत्थान लघुवित्तको आईपीओ खुल्यो

नेपालखोज २०७८ फागुन ४ गते ११:३९

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले साधारण सेयरको बिक्री खुला गरेको छ । संस्थाले फागुन ४ गते अर्थात आज बुधबारबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी आठ करोड ५० लाख रुपैयाँबराबरको आठ लाख ५० हजार कित्ता साधारण सेयरको बिक्री खुला गरेको हो ।

लघुवित्तले जारी पुँजी २६ करोड रुपैयाँको ३२.६९ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता सेयर निष्कासनमा ल्याएको हो । त्यसमध्ये ०.५ प्रतिशत अर्थात् १३ हजार कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी सात लाख ९४ हजार ५०० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको संस्थाको साधारण सेयरको बिक्री कार्य छिटोमा यही फागुन ८ गते र ढिलोमा फागुन १८ गते बन्द हुनेछ । संस्थाको अधिकृत पूँजी ५० करोड रुपैयाँ, जारी पुँजी २६ करोड रुपैयाँ र चुक्ता पुँजी १७ करोड ५० लाख रुपैयाँ छ । सर्वसाधारणलाई ८ करोड ५० रुपैयाँबराबरको आईपीओ निष्कासनपछि संस्थाको चुक्ता पुँजी २६ करोड रुपैयाँ पुग्नेछ ।

आईपीओका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयरको वेब तथा एपमार्फत आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया