१९ अंकले नेप्से घट्दा ३ अर्ब दुई करोडको सेयर किनबेच

काठमाडौं । नेप्सेमा पुन गिरावट आएको छ । अघिल्लो दिन ५३ अंकले बढेको नेप्से साताको चौथो कारोबार दिन आज बुधबार भने १९ दशमलव ८४ अंकले घटेर २७ सय ३४ दशमलव ४४ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ४७ अंकले घटेर पाँच सय १८ दशमलव ६६ अंकमा पुगेको छ । दुई सय ३१ कम्पनीको ३९ हजार ६ सय ६८ पटकको कारोबारमा ५६ लाख ५२ हजार एक सय ८२ कित्ता सेयर खरिद–बिक्री भएको छ । जसमध्ये आज कारोबार रकम तीन अर्ब दुई करोड ६३ लाख ३० हजार सात सय ८४ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ समूहको कारोबार हुँदा ११ वटाको सूचक घटेर दुईवटाको सूचक बढेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक पाँच दशमलव २९ अंकले घटेर १७ सय ४६ अंकमा झरेको छ । जलविद्युत् समूहको सूचक ७२ दशमलव ७७ अंकले घटेर ३२ सय ६६ दशमलव २४ अंकमा झरेको छ । फाइनान्स समूहको सूचक ४२ दशमलव नौ अंकले घटेर २३ सय २५ दशमलव २९ अंकमा झरेको छ भने निर्जीवन बिमा समूहको सूचक पनि एक सय ६ दशमलव ८१ अंकले घटेर १२ हजार चार सय ५७ दशमलव १७ अंकमा झरेको छ ।
यीबाहेक विकास बैंक, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि घटेका छन् । जीवन बिमा समूहको सूचक भने २० दशमलव ६६ अंकले बढेर १५ हजार एक सय २९ दशमलव ७० अंकमा पुग्दा अन्य समूहको सूचक १० दशमलव दुई अंकले बढेको छ ।
नेप्सेमा आज गुराँस लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य तीन दशमलव ४४ प्रतिशतले बढेर १३ सय ५५ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको मूल्य पाँच दशमलव ९६ प्रतिशतले घटेर चार सय ७० रुपैयाँ २० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आज अपी पावर लिमिटेडको प्रतिकित्ता पाँच सय २३ रुपैयाँ अन्तिम मूल्यमा २१ करोड १४ लाख ६५ हजार तीन सय ३९ रुपैयाँ ७० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।
प्रतिक्रिया