अन्तर्राष्ट्रिय फेसन शोमा अञ्जली लामा !
नेपालखोज
२०७८ फागुन ५ गते १२:२५

काठमाडौं । नेपालकी तेस्रो लिंगी र्याम्प मोडल अञ्जली लामाले अमेरिकाको एक र्याम्पमार्फत अन्तर्राष्ट्रिय फेसन शोमा डेब्यु गरेकी छन् ।
लामाले न्युयोर्क फेसन विकमा प्रस्तुति दिने अवसर पाएकी हुन् । जसमा उनले अमेरिकी नेपालि फेसन डिजाइनर प्रवल गुरुङले डिजाइन गरेको पहिरन लगाएर र्याम्प नापेकी थिइन् ।
यसका लागि लामाले गुरुङलाई सामाजिक सन्जालमार्फत धन्यवादसमेत दिएकी छन् । र्याम्प मोडल लामाले प्रस्तुति दिएको शो न्युयोर्क फेसन विक फिल विन्टर-२०२२ हो ।


सम्बन्धित
प्रतिक्रिया