मंगलबार, वैशाख ९, २०८२

उच्च कोलेस्ट्रोलका लक्षण र कारण यस्ता !

डा. हेमराज कोइराला २०७८ फागुन ६ गते ११:३१

डिसलिपिडिमिया अर्थात् कोलोस्टेरोल र ट्राईग्लिस्राइड जस्ता रक्त चिल्लोको गडबडी हुने समस्या आज हरेक बयस्क व्याक्तिको समस्या जस्तै भइसकेको छ । हाम्रो रगतमा संयुक्त कोलेस्टेरोल, काईलोमाईक्रोन, एलडीएल कोलेस्टेरोल, भिएलडिएल कोलेस्टेरोल, र एचडीएल कोलेस्टेरोल, ट्राईग्लिसराइड नाम गरेका रक्त चिल्लोहरू पाइन्छन् । यी सबै रक्त चिल्लोको आ-आफ्नै स्वस्थ रक्त स्तर छ । यी चिल्लोहरूको रक्त स्तर स्वासथ्यमा प्रतिकूल असर पर्नेगरी बढ्नु वा घट्नुलाई रक्तचिल्लोको गडबडी वा डीसलिपिडिमिया भनिन्छ ।

डिसलिपिडिमियाका लक्षण :
१. हिँड्दा वा उभिँदा खुट्टा दुख्ने ।
२. छाती दुख्ने वा छातीमा असहज महसुस हुने ।
३. दम बढ्ने ।
४. अपच, अजीर्णता र एसिडिटी ।
५. निन्द्रामा समस्या ।
६. चक्कर लाग्ने ।
७. सामान्य अवश्थामा मुटु चलेको महसुस हुने ।
८. चिसो पसिना आउने ।
९. वाकवाकी आउने वा वान्ता हुने ।
१०. हातगोडा, पेट वा घाटीका भेनहरू सुन्निने ।
११. बेहोसी ।
नोट : उपरोक्त लक्षणहरू व्यायाम र तनावको अवश्थामा झनै बढ्ने गर्दछ ।

कारणहरू :
१. उच्च शारीरिक तौल र मोटोपन ।
२. भूँडीलाग्ने समस्या वा कोमल अंगमा बोसो जम्ने समस्या ।
३. मधुमेह
४. हाईपोथाइराइडिजम ।
५. अल्कोहोलिजम ।
६. पोलिसिष्टिक ओभरीयन सिन्ड्रोम ।
८. मेटाबोलिक सिण्ड्रोम
९. ट्रान्स फ्याक्ट, सेचुरेटेड फ्याट र अन्य चिल्लोको अधिक सेवन ।
१०. कुसिङ सिन्ड्रोम ।
११. ईरिटेबल बवेल सिन्ड्रोम
१२. कडा किसिमको ईन्फेक्सन ।
१३. आनुवंशिकी ।
१४. उमेर ।
१५. लिंग

जोखिम कारक तत्त्वहरू :
रक्त चिल्लोको गडबडी हुनमा धेरै जोखिम कारक तत्वहरूको हात हुने गर्दछ ।
१. पारिवारिक इतिहास ।
२. उमेरः ३० वर्षपछिको उमेर ।
३. लैंगिकता : विशेष गरेर महिनावारी सुकेका महिलाहरू ।
४. उच्च शारीरिक तौल र मोटोपन ।
५. भुँडीलाग्ने समस्या वा कोमल अंगमा बोसो जम्ने समस्या ।
६. श्रम र व्यायाम समाहित नभएको निष्क्रिय जीवन ।
७. टायप–२ मधुमेह
८. हाईपोथाईराइडिजम ।
९. मद्यपानको कुलत ।
१०. धूम्रपान वा सूर्तीको कुलत् ।
११. अवैध औषधिको सेवन ।
१२. यौन सम्पर्कबाट सर्ने रोगहरू ।
१३. दीर्घकालिन मृगौला रोग ।
१४. दीर्घकालिन कलेजो रोग ।
१५. मेटाबोलिक सिण्ड्रोम
१६. पोलिसिष्टिक ओभरीयन सिन्ड्रोम ।
१७. ट्रान्सफ्याक्ट, सेचुरेटेड फ्याट र अन्य चिल्लोको अधिक सेवन ।
१८. कुसिङ सिन्ड्रोम ।
१९. इरिटेबल बवेल सिन्ड्रोम
२०. कडा किसिमको इन्फेक्सन ।
२१. अपच, अजीर्णता, आन्द्राको रोगहरू ।

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया