राष्ट्रियता !
अर्जुन पराजुली
२०७८ फागुन ७ गते ८:३०

हामीसँग-
उँचाइ छैन
तैपनि उँचाइ खोक्छौं
छाती छैन
तैपनि छाती ठोक्छौं
अनुहार छैन
तैपनि ऐना हेर्छौं
टाउको छैन
तैपनि टोपी लगाउँछौं
हामीसँग देश छैन
तैपनि राष्ट्रिय-गीत गाउँछौं ।


अर्जुन पराजुली
अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।
सम्बन्धित
प्रतिक्रिया