बिहीबार, वैशाख ११, २०८२

जीवन विकासले ७३ दशमलव ६८ प्रतिशत लाभांश दिने

नेपालखोज २०७८ फागुन ८ गते १५:२२

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले ७३ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाको यही फागुन ७ गते शनिबार बसेको सञ्चालक समिति बैठकले ७० प्रतिशत बोनस सेयर र तीन दशमलव ६८ प्रतिशत नगद लाभांशसमेत गरी कुल ७३ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

संस्थाको हाल कायम रहेको चुक्ता पुँजी ६० करोड ६८ लाख रुपैयाँमध्येबाट ७० प्रतिशत अर्थात ४२ करोड ५८ लाख ८० हजार रुपैयाँबराबरको बोनस सेयर र तीन दशमलव ६८ प्रतिशत अर्थात दुई करोड २४ लाख १४ हजार सात सय ३६ रुपैयाँ ८४ पैसा बराबरको नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको संस्थाले जानकारी दिएको छ ।

घोषित लाभांशका सम्वन्धमा सञ्चालक समितीको बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा जानकारी संस्थाले दिएको छ ।

प्रतिक्रिया