माओवादी र प्रचण्ड चरित्र

१. पहिले सरकारमा हुँदा आफ्नै मन्त्रीमार्फत एमसीसीमा समर्थन ।
२.नेकपामा आफू तल पर्ने भएपछि केपी ओलीलाई मेख मार्न सभामुख प्रयोग गरेर संसदमा पेस गर्न रोक ।
३.ओलीलाई सत्ताबाट झार्न एमसीसीलगायत मुद्दामा सघाउँछु भन्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनिदिन अनुनय विनय ।
४.नयाँ सरकार बनेलगत्तै १६ फेब्रुअरी २०२२ भित्र एमसीसी पारित गर्छौं भन्दै प्रधानमन्त्री देउवासँगै अमेरिकालाई वचनबद्धता पत्र प्रेषित ।
५.जबजब दिन घर्किँदै आयो अनि अनेक फुँदा गाँस्दै राष्ट्रवादको लेप घस्ने चालबाजी ।
६.एमसीसीलाई लेखेको पत्र सार्वजनिक भएपछि देउवासमक्ष पोल किन खोलिदिएको भन्दै गुनासो । अहिले नगरौं चुनावपछि लैजाने भन्दै अमेरिकासँग आग्रह गर्न प्रधानमन्त्रीसमक्ष प्रस्ताव ।
७.अब लाप्पसिप्प चल्दैन सरकारी प्रतिवद्धता पूरा गर्नैपर्छ भन्ने प्रधानमन्त्री देउवाको अडानपछि माधव नेपालसमेतलाई उचाल्दै एमसीसी संसदमा पेस गरिए सरकारबाट बाहिरिने धम्की । उस्तै परे ओलीसँग मिल्न बालकोट जाने देउवालाई चेतावनी ।
८.आफैंले गरेको बाचाअनुसार फेब्रुअरी १६ भित्र एमसीसी पारित नगरिए चीनको उक्साहटमा रोकिएको ठान्दै सम्बन्धमै असर पर्ने भनेपछि चेपुवामा ।
९. प्रधानन्यायाधीशविरूद्ध महाअभियोग प्रस्ताव दर्ता गरिए एमसीसी संसदमा पेश गर्न सहमत हुने भन्दै कांग्रेसलाई प्रधानन्यायाधीशविरूद्धको प्रस्तावमा हस्ताक्षर गराउन सफल । तर पछि एमसीसी संसदमा टेबल गर्न नदिने अडान ।
१०. प्रचण्ड-नेपाल धम्कीपछि देउवाद्वारा एमाले अध्यक्ष ओलीसँग अनेक चरणमा घनिभूत वार्ता र सरकारलाई नसघाए विकल्प खोज्ने जनाउ ।
११. यथास्थितिमा एमसीसी संसदमा टेबल हुन नसक्ने, पेश गरिए सरकारबाट बाहिरिने भन्दै कार्यकर्तालाई विरोधमा सडकमा ओराल्ने ।
१२. जुनसुकै अवस्थामा गठबन्धनको विकल्प खोजेर भए पनि एमसीसी संसदमा लैजाने प्रधानमन्त्रीको अडानपछि गठबन्धन बैठकमा सदनमा पेस गर्न राजी ।
१३. गठबन्धन बैठकलगत्तै आफूले विमति जनाएको भनाइ सार्वजनिक । कार्यकर्तालाई बानेश्वरमा उत्रन अनुमति । संसदमा प्रस्ताव पेश गर्दा सिटमा बसेर समर्थन तर केही नेतालाई विरोध नाराबाजी गर्न छूट ।
तथ्य र तथ्यांकले यही बोल्छ । यता र उता हल्लिरहेका दाहालले अब के गर्लान् त ??
प्रतिक्रिया