‘महानायकको केटाकेटी पारा’

उर्जा कायम राख्नुस् । Keep the energy..
राजेश हमाल
महानायक राजेश हमालले किक हानेको छोटो भिडियोसहित राखेको तस्बिरमा आएका केही प्रतिक्रिया :
महानायकको केटाकेटी पारा ।
मरासिनी सागर
वाग्मती अब त्यो वाग्मती रहेन तर राजेश उही राजेश हो ।
राजेश पायल राई
अब बुढेसकालले छोयो दाइ ।
हेमराज भट्ट
एक्सनले त बुढेसकाल छोएको देखिएन, अझै उस्तै महानायक ।
टीएस ठकुरी
यो ऊर्जा लाई कायम राख्दै अब छिट्टै सानो राजेश हमाल चाहियो ।
सन्तोष खुन्द्रुक
दादा को
किचेन किक, कडा ।
चेतन सापकोटा
अलवेज कडा हाम्रो महानायक राजेश दाइ ।
कल्पना चामलिङ
अस्ति एउटा रेष्टुरेन्टमा मैले पनि खाना खाइसकेर यस्तै गरेको थेँ ……..आज सम्म रेष्टमा छु राजेश दाजु ।
भूषण गौतम
पहिला सन्तान जन्माऊ ! ए बुडा, खुट्टा मात्रै फालेर हुन्छ र ?
दिलीप थापा
उहिले पृथ्वी भन्ने ग्रहलाई यस्तै किक हानेको थियो रे राजेश ब्रो ले, त्यो प्रहारले अहिलेसम्म पृथ्वी घुमेको घुमेकै छ रे ।
विकाश राई
रेस्टुरेन्टमा खाको बिल तिर्नु पर्छ भनेर राजेश दाई ले….सब स्टाफ लाई तर्साउदै…।
समीर शाही
अफगानिस्तानमा किन भूकम्प गयो भन्या यो रैछ ।
नवीन भण्डारी
है शंकर हो शंकर साथीको लागि यो हात सलाम दुश्मनको लागि यो हात फलाम !!
उत्तम कटुवाल
दाइको किक देखेर कोरोना टाप ।
रविन तामाङ
हजुरको यो ऊर्जा डब्लू डब्लू इ तिर काम लाग्ने रछ । समयमा जानुभयको भए धेरै राम्रो हुनेरछ ,दाइ ।
मिसिओन डेन्जुल
जोस होस त येस्तो ५५ मा पनि दुरुस्त २५ वाला हामी लाई अब भतिज चाहिरो महानायक ज्यु ।
प्रकाश शाही
ढाड फुस्केला माहनायकज्यू ,अब धेरै ऊर्जा खेर नफालौं होला , बरु अब जूनियर हमाल जन्माउने तिर ऊर्जा थप्ने की ।
रामचन्द्र क्षेत्री
दाई डिक्स जाला है ।
याम सारु मगर
नेपालको भ्रष्टाचारीहरुले यो हुफ वा…!एक सट भेटे ठाउँ को ठाउँ हुन्छन् होलानि..!जय होस महानयक ज्युको।
मिलन सोमिल लिम्बू
बाघ कहिल्लै बूढो हुँदैन भन्ने ज्वलन्त उदाहरण ।
सृष्टि के पोखरेल
गानो जाला, छोराछोरी जन्माउनै बाँकी छ ।
सम्राट खनाल
ऊर्जा देखाउने नि ठाउँ हुन्छ यार ! जहाँ पायो त्यही देखाउन त भएन नि !!!
विनोद पोखरेल
काम लाग्ने ठाउँमा लगाउ न बुढा इनर्जी खाली किक हानेर हुन्छ ।
सुरज अधिकारी

खै के ऊर्जा छ भन्नू बुढा, उत्तराधिकारी बनाएनौ ।
रमेश लामगोडे
उबेला फिल्म हेर्दा राजेस दाइको खुट्टाले हानेको कहिल्यै देखिएन अहिले बिहे पनि गर्नुभो , फिल्म खेल्न नि छोड्नु भो खुट्टा पनि चलाउन थाल्नु भएछ ।
रवि गजुरेल
फेरि गफ लायो भनौला बगालौ युगदेखि युगसम्म चलचित्रमा मैले नखेल्दा राजेस जी ले चान्स पाउनु भयको थियो ।
यज्ञशिव मगर
राजेश दाइ पनि म जस्तै हुनुभो जति बूढो उति तन्नेरी ।
श्रीकृष्ण आचार्य
खतरा खतरा खतरा खतरा।,
यो शक्ति सही ठाउँमा प्रयोग भए झनै राम्रो ,
आगामी साल पिता हुनुभएको खबर सुन्न देख्न पाइयोस् जय होस् ।
शोभित ठकुरी
खेलुम् ? खेलुम् भने खेलुम्, सिंगल सिंगल !!
चन्दराम अधिकारी
ऊर्जा अब भाउजूलाई देखाउनु पर्यो दाइ कान्छो राजेश नि चाइयो अब त अत्ति भो ।
रमेश राजा
के गरेको हो नायकज्यू यस्तो, हैट बुढेसकालमा ।
शुक्रराज राई
हामीलाई भतिज चाहियो दादा !किक होईनराइ ।
हमाल ठकुरी
ह्याआएएए गरेर बक्सिङ्ग र किकमा मात्र उर्जा राखेर के गर्नु के राजेश दाइ पहिला छोरो पाएर त देखाउनु ।
एम बी सारु
वाह सानदार छ दमदार छ ! उस्तै छ ताकत उस्तै छ जाँगर । तपाईं त सुपर हिरो , गज्जब सर ।
योग प्रसाद उपाध्याय चापागाईं
माकुने लाई हान्नु पार्यो दाजु राउन्ड किक ।
मनोज नेगी
यत्ती गरेपछि चिया खाजाको पैसा लाग्दैन हो ?
देव समीप
खासै तपाइको उर्जाले काम गर्ला जस्तो लागेन यार एउटा पुर्जा त बनाउन सक्नु भएन ।
प्रमिस खनाल प्रयास
अब एक जुनियर हमाल जन्माउनमा उर्जा लगाउनु हौ सर ।
रमेश महर
बुढेशकालमा के गर्नु भको होला ? ईनर्जी बढाउम्हदा बुढेसकालको हड्डि भाँचिएलान क्या राजेश अंकल , लास्ट्मा जोडिनै मुस्किल होला ।
हरि रोका मगर
उता आर्यन सिग्देल को फेस्बुक को पोस्ट मा हेर्नू त दाजु ।
नबोली हाँसी राखन
कुन मार्शल आर्टको पोज हो यो ?
मात्रिका पौडेल
बूढो किक भए पनि यो किक हरामी नै छ यार !
पारंगत लोप्चन
बाघ बूढो र स्याल तन्नेरी मिल्दैन भ्या यही हो । राजेश दाइ रक्स ।
अल्वात्रोसे
मैले पनि किक ट्राई गरेको नयाँ मन पर्ने पाईन्ट को बिजोक भो अब चड्डीमा ट्राई गर्छु छोड्ने त कुरै हुँदैन ।
सुदीप
सिंह जति नै बुडो भए पनि उ सिंह नै रहन्छ, हाम्रो राजेश हमाल दाईको जोशजागर भने सधै तन्दुरुस्त अनि स्वस्थ मजबुत देखिएको छ ।
मनोज धिमाल
वा वा,रियल हिरो। यो उमेर मा पनि ब्यालेन्स जबरजस्त।
सलिन के रितु
महानायकको प्रतिष्ठा बचाउन सामाजीक संजालमा यस्तो पोस्ट सुहाउदैन ! मार्सलआर्टमा बचेखुचेको क्षमता चलचीत्रमा प्रस्तुत गर्दा उत्तम होला नत्र राजेश हमालले मपाई पारा गरेको झल्कीन्छ !!
अशोक गौतम
प्याक मारेपछि हाम्लाई पनि यस्तै ऊर्जा आउँछ ।
खेमराज भुसाल
ऊर्जा कायम राख्न कुन डिंक खानु पर्छ ?
सुदर्शन अधिकारी
रेस्टुरेन्ट भत्कियो भने छेति पुर्ति दिनु पर्ला है ।
डीएम राज
तपाईको पो बुढी छ अनि उर्जा कायम हुन्छ। हाम्रो छैन के उर्जा न सुर्जा ।
संगीत मैनाली
फोटो खिच्दिने बुरुक्क उफ्रेनछ तर्सेर ?
राजन कार्की

लगे रहो भाइ ।
हेमराज विश्वकर्मा
बिस्तारै मेरो दाजु ! बुढेसकाल हो !! दुख पाइन्छ नत्र !!!
ओमप्रकाश खरेल
धेर नतन्काउ बुढा अब को नसा तन्कियो भने फिलिम मा हैन सिधै हस्पिटल मा हो ।
सुवास आचार्य
पछाडि पट्टिको टेबुलमा कफी होला पोखिन्छ हौ सर ।
भीम राई
प्रतिक्रिया