‘प्रेम र घृणा दुवैले मनलाई गहिरो प्रभाव पार्छ’

-संसारलाई सुन्दर बनाउन सबै किसिमका मानिसको आवश्यकता हुन्छ । तपाईंले पनि संसारलाई सुन्दर बनाउन सक्नुहुन्छ ।
-आफ्नो मनको आँखाले नदेखेको लक्ष्य या विषय जीवनमा आइहाले पनि त्यो आफूलाई न त काम लाग्छ र न टिक्छ नै !
-जन्मसँगै हाम्रा आँखा बाहिरको प्रकाशतिर खुल्छन् । मूल प्रकाशचाहिँ आफैभित्र छ भन्ने यादसम्म आउन पनि कति जन्म लाग्ने हो थाहा छैन । प्रकाश भेट्ने, चिन्ने र त्यसैमा डुब्ने अवसर नै यो जीवन हो ।
-आफ्नो हृदयले खोजेको र मनले रोजेको लक्ष्यतर्फ उत्साहले अघि बढ्दा आफूभित्रको अथाह सम्भावना प्रकट हुनथाल्छ । यस आन्तरिक उपलब्धिलाई नै बाहिर नेतृत्व र भित्र ध्यानभक्तिमा रूपान्तरण गर्न सक्नुपर्छ, सिक्नुपर्छ ।
-प्रेम र घृणा दुवैले मनलाई गहिरो प्रभाव पार्छन् । फरक मात्र यति हो कि प्रेमले मुक्त गर्छ भने घृणाले मनोवैज्ञानिक बन्धनको दलदलमा फंसाउंछ । प्रेम रोज्ने कि घृणा – आफैले निर्णय गर्ने हो !
-सबै भन्छन् मिहिनेत गर । तर कसैले भन्दैन बिनास्पष्ट लक्ष्य मिहिनेत मात्र गरेर कहीँ पुगिँदैन, केही फल्दैन ।
-मोटरलाई त्यसको क्षमता अनुसारको पूरा तीव्र गतिमा कुदाएर मात्र केहि हुंदैन, कहां पुग्नु पर्ने हो त्यो बुझेर सही बाटोमा लाग्नु छिटो दौडनुभन्दा पनि महत्त्वपूर्ण हुन्छ ।
प्रतिक्रिया