बिहीबार, वैशाख ११, २०८२

२५ अंकले नेप्से बढ्दा झन्डै ३ अर्बको कारोबार, सबै सूचक हरियो

नेपालखोज २०७८ फागुन ९ गते १५:३६

काठमाडौं । नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन ३९ दशमलव चार अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने २५ दशमलव ४१ अंकले बढेर २७ सय १८ दशमलव ५१ अंकमा पुगेको छ ।

सेन्सिटिभ इन्डेक्स भने आज पाँच दशमलव १५ अंकले बढेर पाँच सय १८ दशमलव १९ अंकमा पुगेको छ । दुई सय २४ कम्पनीको ४० हजार आठ सय ६९ पटकको कारोबारमा ४९ लाख ९२ हजार आठ सय ७९ कित्ता सेयर खरिद–विक्ती भएकामा कुल कारोबार रकम दुई अर्ब ९९ करोड ७६ लाख ८१ हजार ७२ रुपैयाँ पुगेको छ ।

१३ वटा समूहको कारोबार भएकामा १३ वटै समूहहरूको सूचक बढेर नेप्से पूरै हरियो देखिएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक १६ दशमलव २८ अंकले बढेर १७ सय ३६ दशमलव ४६ अंकमा चढेकामा जलविद्युत् समूहको सूचक पनि ७२ दशमलव ३९ अंकले बढेर ३३ सय नौ दशमलव ३६ अंकमा चढेको छ ।

निर्जीवन बिमा समूहको सूचक पनि ३९ दशमलव दुई अंकले बढेर १२ हजार दुई सय नौ दशमलव २३ अंकमा चढेकामा जीवन बिमा समूहको सूचक पनि १९ दशमलव १९ अंकले बढेर १४ हजार सात सय २७ दशमलव १८ अंकमा चढेको छ । यीबाहेक विकास बैंक, फाइनान्स, ट्रेडिङ, होटेल तथा पयर्टन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज युनाइटेड इदीमर्दी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर आठ सय ३४ रुपैयाँ ९० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा नेपाल बैंकको ऋणपत्र २०८५ को प्रतियुनिट सेयर मूल्य एक दशमलव ९५ प्रतिशतले घटेर आठ सय ५७ रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी आज नेपाल टेलिकमको प्रतिकित्ता १७ सय ३७ रुपैयाँ अन्तिम मूल्यमा २६ करोड ५० लाख १३ हजार पाँच सय ६० रुपैयाँ ४० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया