कांग्रेसको जिल्ला अधिवेशनले गर्दा मधेस प्रदेशको बैठक २२ गतेलाई सर्यो
नेपालखोज
२०७८ फागुन १० गते ११:०९

काठमाडौं । मधेस प्रदेशसभा बैठक स्थगित भएको छ । आज दिउँसो २ बजे बस्ने भनिएको बैठक फागुन २२ गतेसम्मका लागि स्थगित भएको हो ।
बैठकमा प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल हुने कार्यसूची थियो । तर, अन्तिम समयमा आएर बैठक स्थगित गरिएको सूचना प्रदेशसभा सचिवालयले निकालेको छ ।
स्रोतकाअनुसार मधेसमा नेपाली कांग्रेसको जिल्ला अधिवेशन १५ गते हुने भएकाले प्रदेशसभा बैठक स्थगित गर्न सभामुखलाई आग्रह गरिएको थियो । कांग्रेसको आग्रहमा नै बैठक स्थगित भएको हो ।
सम्बन्धित
प्रतिक्रिया