बिहीबार, वैशाख ११, २०८२

नेपाल बैंकको बोनस सेयर सूचीकरण

नेपालखोज २०७८ फागुन १० गते १२:०२

काठमाडौं । नेपाल बैंक लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

बैंकको यही पुस २ गते सम्पन्न भएको बैंकको ६२औं वार्षिक साधारणसभाबाट पारित भएको आर्थिक वर्ष ०७७/७८ मा कायम चुक्ता पुँजीको १४ प्रतिशतका दरले हुन आउने एक अर्ब ७६ करोड ९१ लाख ४६ हजार दुई सय सात रुपैयाँ रकमबराबरको एक करोड ७६ लाख ९१ हजार चार सय ६२ कित्ता बोनस सेयरनेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण भएको हो ।

सेयर अभौतिकीकरण गरिसकेका सेयरधनीहरूको डिम्याट खातामा १४ प्रतिशतका दरले हुन आउने बोनस सेयरजम्मा हुने र भौतिक रूपमा कायम सेयरधनीहरूले सेयर अभौतिकीकरण गराएपश्चात् मात्र बोनस सेयर खातामा जम्मा हुने भएकाले आफ्नो नाममा रहेको सेयर यथाशीघ्र अभौतिकीकरण गराउनसमेत बैंकले आग्रह गरेको छ ।

प्रतिक्रिया