खुल्यो नेष्डो समृद्ध लघुवित्तको आईपीओ, कति कित्ता भर्ने ?

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आज बुधबारबाट आठ करोड २८ लाख ७५ हजार रुपैयाँबराबरको साधारण सेयर (आईपीओ) को बिक्री खुला भएको छ । संस्थाले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी आठ लाख २८ हजार सात सय ५० कित्ता साधारण सेयरको बिक्री खुला गरेको हो ।
ग्लोबल आईएमई क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको संस्थाको सेयर बिक्री कार्य छिटोमा यही फागुन १५ गते र ढिलोमा यही फागुन २५ गते बन्द हुनेछ । कुल सेयरमध्येमा शून्य दशमलव पाँच प्रतिशत अर्थात् १२ हजार सात सय ५० कित्ता संस्थामा कार्यरत कर्मचारीहरुको लागि, पाँच प्रतिशत अर्थात ४१ हजार चार सय ३७ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी सात लाख ७४ हजार पाँच सय ६३ कित्ता सेयर सर्वसाधारणमा बिक्री हुनेछ ।
खरिदकर्ताहरूले भने न्यूनतम १० देखि अधिकतम एक हजार कित्तासम्मको सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । जारी पुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको संस्थाको चुक्ता पुँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँ छ । साधारण सेयरको बिक्री संस्थाको चुक्ता पुँजी २५ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया