बिहीबार, वैशाख ११, २०८२

१५ अंकले नेप्से घट्दा ३ अर्ब १३ करोडको कारोबार

नेपालखोज २०७८ फागुन ११ गते १५:३६

काठमाडौं । नेप्सेको उकालो यात्रा रोकिएको छ । अघिल्लो दिन १७ दशमलव ४२ अंकले बढेको नेप्से साताको चौथो कारोबार दिन बुधबार भने १५ दशमलव पाँच अंकले घटेर २७ सय २० दशमलव ४३ अंकमा झरेको छ ।

नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकामा जलविद्युत् समूहको सूचक ३५ दशमलव ६६ अंकले बढेको छ भने सामूहिक लगानी कोष समूहको सूचक शून्य दशमलव १३ अंकले बढेको छ । यीबाहेक बाँकी समूहहरूको सूचक भने आज घटेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक नौ दशमलव ६९ अंकले घटेर १७ सय ३४ दशमलव ९७ अंकमा झरेकामा विकास बैंक समूहको सूचक ४० दशमलव ९२ अंकले घटेर ४६ सय ७५ दशमलव ४४ अंकमा झरको छ ।

निर्जीवन बिमा समूहको सूचक पनि एक सय १० दशमलव ४६ अंकले घटेर १२ हजार दुई सय २६ दशमलव ७९ अंकमा झरेकामा जीवन बिमा समूहको सूचक पनि ८१ दशमलव २६ अंकले घटेर १४ हजार ६ सय ५३ अंकमा झरेको छ । यीबाहेक फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त र लगानी समूहहरूको सूचक घटेका छन् ।

नेप्सेमा आज दिव्येश्वरी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर तीन सय ५९ रुपैयाँ ७० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा प्राइम कमर्सियल बैंकको ऋणपत्र २०८४ को प्रतियुनिट सेयर मूल्य तीन दशमलव ९६ प्रतिशतले घटेर नौ सय ५० रुपैयाँ ८० पैसामा प्रतियुनिट सेयर कारोबार भएको छ ।

यसैगरी आज नेपाल टेलिकमको प्रतिकित्ता १७ सय २६ रुपैयाँ अन्तिम मूल्यमा १९ करोड ३७ लाख ८५ हजार पाँच सय ४४ रुपैयाँबराबरको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया