बुधबार, वैशाख १०, २०८२

माउन्ट एभरेस्टमा देखा पर्दै छ पर्यावरणीय परिवर्तन

नेपालखोज २०७८ फागुन १२ गते १८:५९

काठमाडौं । चाइनिज एकेडमी अफ साइन्सेज (सीएएस) क‍ो नर्थवेस्ट इन्स्टिट्युट अफ इको-इन्भारनमेन्ट एन्ड रिसोर्सेजका शोधकर्ताहरुले माउन्ट एभरेस्ट क्षेत्रको हालक‍ो जलवायु तथा पर्यावरणीय परिवर्तनलाई लिएर नयाँ खुलासा गरेका छन् ।

शोधकर्ताहरुका अनुसार य‍ो अध्ययन नवीनतम तथ्यांक तथा नयाँ अध्ययन मोडलमा आधारित छ । य‍ो अध्ययनका क्रममा सगरमाथा क्षेत्रक‍ो हावाको तापमानमा देखापरिरहेको परिवर्तन, वर्षा, ग्लेसियर तथा ग्लेसियरबाट निर्मित झिल, नदीनाला एवं झिलक‍ो पानीको गुणस्तर, वायुमण्डलीय पर्यावरण तथा वनस्पति फिनोलोजीमा भइरहेको परिवर्तन एवं वर्तमान स्थितिमा ध्यान पुर्याइएको थियो । यो अध्ययन रिपोर्ट अर्थ-साइन्स रिभ्युमा प्रकाशित गरिएको छ ।

ऐतिहासिक तापमान रेकर्डअनुसार, शोधकर्ताहरुले बीसौं शताब्दीमा सगरमाथा क्षेत्रको तापमानमा वृद्धि भएको पाएका छन् । अध्ययनकर्ता प्रो. काङ सिचाङका अनुसार, २९६१ देखि २०१८ सम्मको मौसमसम्बन्धी परिवर्तनका आधारमा के देखिन्छ भने सगरमाथा क्षेत्रमा १९६० यताका हरेक दशकमा लगभग ०.३३ डिग्री सेल्सियसले तापमान वृद्धि भइरहेको छ ।

शोधकर्ताहरुका अनुसार सगरमाथाको वर्तमान ग्लेसियर क्षेत्र लगभग ३,२६७ वर्ग किलोमिटर छ, जुन २९७० देखि २०१० सम्म गम्भीर रूपले घटिरहेको पाइएको छ । ग्लेसियर पग्लिएका कारण उक्त क्षेत्रका नदीहरुको प्रवाहमा उल्लेखनीय वृद्धि भएको छ ।

यसबीच, ग्लेसियरबाट निर्मित झिलहरुको क्षेत्रफल १९९० को १०६.११ वर्ग किलोमिटरबाट बढेर २०१८ मा १३३.३६ वर्ग किलोमिटर पुगेको छ भने ग्लेसियरबाट निर्मित झिलहरुको संख्या १९९० मा १,२७५ वटा रहेकामा यसमा १६.९ प्रतिशत वृद्धि हुँदै १९१८ मा १,४९० पुगेको छ ।

प्रो. काङका अनुसार सगरमाथा क्षेत्रमा देखिएको तापमानसम्बन्धी परिवर्तन आउने केही दशकमा अझ तीव्र हुनसक्छ जुन डाउनस्ट्रिम क्षेत्रको जल संसाधनको सुरक्षाका लागि एउटा ठूलो खतरा हो । सगरमाथा दुर्गम क्षेत्र भएको र त्यहाँ मानव गतिविधि नहुने कारणले अहिले त्यहाँको वायुमण्डलीय वातावरण अपेक्षाकृत स्वच्छ छ । यद्यपि, शोधकर्ताहरुले के खुलासा पनि गरेका छन् भने दक्षिण एसिया, पश्चिम एसिया तथा मध्य एसियाका वायु प्रदूषक तत्त्वहरुले लामो दूरी तय गर्दै यो प्राचीन क्षेत्रमा समेत दुस्प्रभाव पार्न थालिसकेका छन् । यसको परिणामस्वरूप औद्योगिक क्रान्तिपछिको प्रदूषक (जस्तो ब्ल्याक कार्बन) को मात्रा बढिरहेको छ ।

अध्ययनका क्रममा शोधकर्ताहरुले सगरमाथा क्षेत्रका वनस्पतिको अवस्था पनि बुझेका थिए । जसमा वनस्पतिको वृद्धिको मौसममा सुरुवाती चरणमा १.८५ दिन ढिलो र समाप्तिको अवधि ०.५४ दिन अगाडि बढेको पाइयो । प्रो काङ भन्छन्- माउन्ट एभरेस्टमा जलवायु, पर्यावरण तथा परिस्थितिको अवलोकनका लागि लामो समयसम्म टिक्ने खालको निगरानी प्रणालीको स्थापना जरुरी छ । यसले हामीलाई त्यहाँको जलवायुको बढ्दो तापमान र क्षेत्रको पारिस्थितिक तन्त्र, जल विज्ञान र जल संसाधनहरुमा त्यसको प्रभावका विषयमा व्यापक मूल्यांकन गर्न मद्दत गर्नेछ ।

प्रतिक्रिया