बिहीबार, वैशाख ११, २०८२

राताम्मे बन्यो नेप्से, ५८ अंकले घट्दा ४ अर्ब २९ करोडको कारोबार

नेपालखोज २०७८ फागुन १२ गते १५:३९

काठमाडौं । नेप्सेमा पुनः पहिरो गएको छ । अघिल्लो दिन १५ दशमलव पाँच अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहीबार पुनः ५८ दशमलव ९९ अंकले घटेर २६ सय ६१ दशमलव ४४ अंकमा झरेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव ३६ अंकले घटेर पाँच सय सात दशमलव ५८ अंकमा झरेको छ । दुई सय २९ कम्पनीको ६५ हजार ११ पटकको कारोबारमा ८४ लाख ९० हजार ६ सय ८९ कित्ता सेयर खरिद–विक्ती भएका छन् । सोही खरिद विक्तीका आधारमा आज कुल सेयर कारोबार रकम ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार एक सय ९२ रुपैयाँ पुगेको छ ।

१३ समूहको कारोबार भएकामा सबै समूहको सूचक घटेर नेप्से पूरै रातो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक ३० दशमलव २७ अंकले घटेर १७ सय चार दशमलव ७१ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक एक सय १५ दशमलव ७२ अंकले घटेर ४५ सय ५९ दशमलव ७२ अंकमा झरेको छ । जलविद्युत् समूहको सूचक पनि ९० दशमलव ७२ अंकले घटेर ३२ सय ८१ दशमलव ८६ अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक पनि दुई सय ४५ दशमलव ५५ अंकले घटेर ११ हजार नौ सय ८१ दशमलव २४ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक पनि चार सय १८ दशमलव ९५ अंकले घटेर १४ हजार दुई सय ३४ दशमलव पाँच अंकमा झरेकामा फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको प्र्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९१ प्रतिशतले बढेर सात सय ६५ रुपैयाँ अन्तिम मूल्यमा प्र्रतिकित्ता सेयर कारोबार हुँदा युनिभर्सल पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव ७० प्रतिशतले घटेर तीन सय ६४ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज नेसनल हाइड्रो पावर कम्पनीको प्रतिकित्ता चार सय १५ रुपैयाँ अन्तिम मूल्यमा २६ करोड ९७ लाख १६ हजार चार सय १७ रुपैयाँ १० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया