हात्तीका दुई किसिमका दाँत !

भारत वर्ष हिमवत् खण्डमा अवस्थित नेपाल देशको प्राचीन चित्रवन अत्यन्त सुन्दर नगर नदीनाला वाल्मीकि रामायणमा वर्णित चारदाह्रा भएको हात्ती, गैंडा, हरिण मृगको जस्ता जगंली जनावर र चराचुरुङ्गीहरुको जिवन्त प्रकृतिक सचित्र संग्रालय हजार मुख, हजार आँखा भएको शेष नागले पनि वर्णन गर्न नसक्ने जस्तो । सृष्टि कर्ता विश्वकर्माको कृपाप्राप्त गन्धर्वहरुको क्रिडास्थल ब्रह्माण्डको अनुपम संगम स्थल देवघाट हेर्न माघ महिनामा स्वर्गका ईश्वरिय चैतन्य पिण्डहरुलाई अनिवार्य अवतरण हुनुपर्दथ्यो । यति सुन्दर ठाँउमा मानव नामधारी जन्तुको आँखा नलाग्ने कुरै भएन । आफ्नो वर्ग जानवर वा पशुनै भएपनि उ अरुलाई पशु भन्ने मानवमा संग्रहको लोभले यहाँको सम्पदा र स्रोतमाथी आँखा नलाग्ने कुरै भएन । हाँडीघोप्टे कहिलै नभरीने पेट भर्न परि आउदा आफैले पालेको पशुपन्छिलाई काटेर खाने मानव नामधारी जन्तु आफैलाई सर्बश्रेष्ठ प्राणी भएको स्वघोषण गर्न पनिपछि पर्दैनथ्यो । अरुको पिडामा रमाउने मानसिक रुपमा कुरुप अनि दरिद्र मानव देखेर सृष्टिताका दिनदीनै आउने देवगणहरु अचेल माघे संक्रान्तिमा बर्षको एक दिन आएर औपचारिकता निवार्ह गर्न लागेको कुन कालबाट हो उनैलाई विश्वशिल्पी विश्वकर्मालाई थाहा होला ।
आज भोलि उनिहरु आउन के गर्छन् ? शास्त्रहरुमा पिण्डस्थाने पिण्ड भनिएको हुनाले देवगुणहरुले भरिएका सिर्जनशिल सकारात्मक पिण्डहरुको स्थान विनाशशिल दानवीयगुणहरुले भरिएका नकारात्मक पिण्डहरु आउन थाले होलान् । ईनार खने पछी माटो बाहीर निस्कन्छ तर यो ठाँउ हावाले लिन्छ, शुन्य लाई शुन्यले प्रतिस्थापन गर्छ पिण्डलाई पिण्डले प्रतिस्थापन गर्छ । यो हाम्रो नजरले देख्ने स्थान पुर्ण छ त्यो उदृश्य विराट सृष्टि पनि पुर्ण छ, पुर्ण अर्थात शुन्य मा शुन्य जोडदा शुन्य र शुन्य बाट शुन्य घटाउदा शुन्य नै शेष रहन्छ । यो ब्रह्माण्डमा भएका सम्पूर्ण तत्त्वहरुको अंश यस पृथ्वीमा छ, पृथ्विमा भएका सम्पुर्ण तत्वहरुको अंश सम्पुर्ण ब्रह्माण्डमा पनि उपस्थित छ ।
यही एक सानो अंश वा तन्मात्राहरु मिलेर ब्रह्माण्ड बनेकोछ, यसैले त यस सृष्टिमा भएका यावत वस्तु लाई ऐश्वर्य आर्थात ब्रह्माण्डीय सम्पति भनिन्छ र यस सृष्टिमा भएका यावत् सम्पति वा ऐश्वर्यलाई जुन शक्ति धारण गरेको छ उही धारण शक्तिलाई ईश्वर भनिन्छ । हामीले समग्र ऐश्वर्यलाई ईश्वर भनेकोले कण कणमा ईश्वरको एक अशं स्वतः हुन्छ । यहिकारण उपनिषदका ऋषी भन्छन् कण कण ईश्वर छन् जति आफ्नो हातले कमाउन सक्छस त्यसैमा सन्तुष्ट हुनु अरुको ऐश्वर्यमा अधिक लोभ लालच नलगाउनु । ईशा वास्यमिदं सर्वं यत्किञ्च जगत्यां जगत् । तेन त्यक्तेन भुञ्जीथा मा गृधः कस्यस्विद्धनम् ॥ जो यो दर्शन बाट बाँच्दछ उ आफ्नो परिश्रमलाई महत्त्व दिन्छन् अरुलाई दुख दिने फसाएर आफ्नो अभिष्ट पुरागर्ने तर्फ लाग्दैनन् । डाँकाहरु सिधै लुटछन् लोभी लालचीहरु सोझसाझालाई विभिन्न तिगडम्मा फसाएर लुटछन् कोही जनसेवकको भेषमा लुटछन् कोही राष्ट्र जनसेवकको भेषमा लुटछन् कोहि व्यापारीको भेषमा लुटछन् ।
भोको पेटले चोरेको एक मानामा कुनै दोष छैन, भरिएको पेटले लुटेको एकदानालाई महापाप भनिन्छ । जुन देशमा न्यायको नाम अन्याय गरिन्छ त्यो देश स्वाधिन पराधिनको के अर्थ राख्छ, जनता स्वत विकल्प खोज्छन् विदेशिन्छन् जो स्वदेशमा छन् ति सधै धारेहात लगाउदै सत्तोसराप गरेर मानसिक पिडा व्यक्त गर्छन् मानसिक सन्तुष्टी लिन्छन् । राज्यका प्रमुखहरु बोल्न नसक्ने, देख्न नसक्ने, सुन्न नसक्ने, असल खराब छुट्ट्याउन नसक्ने हुदाँ पनि यि सबै मिलेर समन्वयमा कार्य गर्दा केही आशा गर्न सकिन्छ तर ति निकाय बिच आपसमा समन्वय र तालमेल नहुदाँको देशको अवस्थाको वर्णन कसरी हुन्छसक्छ ।
त्रेता युगको कुनै कालखण्डमा माहाभारत, स्कन्द पुराणमा वर्णित चित्रवन नगरमा कालो वर्णका भएका श्वेतचित्त नाम भएका एक व्यक्ति कृष्णागण्डकि किनारमा बस्दथे । श्वेतचित्त अति उदार मन भएका फकाउदा सजिलै फकिने तर जबरजस्ति गर्दा बिद्रोह गर्ने स्वभावका उनि मनमा केहि कुरा राख्न सक्दैनथे । आफु कहिल्यै झुटको साहारा नलिने अरुलाई नठग्ने उनि अरुले पनि ठग्गदैनन् भन्ने उसको विश्वाश थियो । समय सगै बस्ति बिस्तार हुदै थियो । समयचक्र सधै एकनाश हुदैन परिर्वतन भई रहन्छ यसले समाजलाई बहु आयामिक बनाई दिन्छ । समाज एकमात्र दर्शनबाट सञ्चालित नभएर बहु-रंग, बहु-विचार, बहु-सोच, बहुचिन्तन र बहु-मानोभावबाट सञ्चालित हुन्छ । एउटै अनुहार भएका जुम्ल्याहा बच्चाहरुको पनि तौल, रुप, रंग, विचार, चिन्तन, मानसिकता, आदत, खानपिन आदी सबै फरक हुन्छ भने एकरंगी समाज हुन सक्दैन । राज्यले चाहदा बराबरीको बिधान-संविधान लागु गर्न सक्छ तर त्यो लागुगर्ने मानिसहरु फरक परिवेशमा हुर्किएका हुनाले नामको मात्र सम-बिधान हुन्छ । चित्त आफुभित्र हुनाले नजिकको मात्र देख्छ, आफ्नालाई मात्र देख्छ । त्यसैले त अर्थववेदका ऋषी प्रार्थना गर्छन जसरी ग्रहहरु (पृथ्वि, चन्द्र आदी) सुर्यको वरिपरि एकैनाशले विचरण गर्छन त्यसरीनै हे इन्द्र राजा एकै किसिमको बिधान- समविधान देउ । ये देवा राष्ट्रभृतोऽभृतो यन्ति सुर्यम् तैष्टे रोहितः संविदानो राष्ट्रं दधातु सुमनस्यमानः, यही प्रकाशमय संविदानलाई कालान्तरमा धर्म भनिन थालियो । अहिले धर्म लाई बिषयान्तर गरेर बिशेष सम्प्रदाय पन्थ सँग जोडिने गरिन्छ ।
ब्रह्माण्डको धर्म सन्तुलन कायम गर्न, सुर्यको धर्म प्रकाश दिनु, पृथ्विको धर्म आश्रय दिनु र सुर्यको परिक्रमा गर्नु, राज्यको धर्म नागरिकलाई संरक्षण गर्नु आदी भए जस्तै ब्रह्माण्ड प्रत्येक कणको आफ्नो छुट्टै धर्म हुन्छ, कुनै एकले स्वधर्म त्याग्दा असन्तुलन हुन्छ युग परिर्वतन हुन्छ . । कुनै वस्तु आफ्नो क्रर्तव्य, दायित्व र स्वभावबाट विमुख हुन्छ त्यो अधर्म हो । क्रर्तव्य, दायित्व र स्वभाव सँग निरपेक्ष हुनु त्यो अधर्म नै हुन्छ । असल काम वा धर्ममा कोही निरपेक्ष वा मुकभाव हुन्छ भने त्यो अधर्म हो, राज्यको आफ्नो धर्म संविधान हो त्यसैले राज्य राजधर्म सँग निरपेक्ष हुनुहुदैन ।
ज्ञान चक्षु खुलेको मानव र कपट विद्यामा पारंगत मानव सँगै बस्दा मानव मनोदशाको विबिध भेद उजागर हुन्छ । श्वेतचित्त नाम छिमेकीका स्वघोषित परम मित्र शुक्ल वर्णका कृष्णचित्त लाई ईश्र्याभावले भित्र भित्र जलन भईरहन्थ्यो । आफु बदमाशी गरेर अरुलाई फसाउन माहिर कृष्णचित्त केही सिप नलागे पछि भगवान निलकष्ठको ध्यान गर्न लागे । २५ बर्ष लामो तपस्या पछि भगवान आशुतोष प्रसन्न हुदै वरदानको लागी भन्नु भयो हे भक्त वरदान माग तर याद गर्र्नु तिमि जे माग्छौ त्यसको दुई गुणा छिमेकीले प्राप्त गर्छ । लौ फसाद धन, जमिन आयु, शक्ति जे मागौ छिमेकीको दोब्बर चतुर कृष्णचित्तको तुरुन्तै तेस्रो नेत्र खुलीहाल्यो हात जोडेर भन्न लागे हे हलाहल बिषधारी भगवन मेरो एउटा आखाँ फुटाई दिनु अनि मेरो घरको चार दिशामा एक एक ईनार बनाई दिनु । भर्खरै भस्मासुर सँगको दौडमा पृथ्वि परिक्रमाको लामो दौड सकेर कैलाश फर्किदै गरेका महादेवको तुरुन्तै बुझिहाले कृष्णचित्त बृद्ध भई सकेका आफ्नो छिमेकी श्वेतचित्तलाई अन्धो बनाएर ईनारमा खसाल्न खाज्दैछ । महादेव तथास्तु भन्दै भने तिम्रो माग पुराहोस् तर दुई आखाँ फुट्नेले देख्न सकोस आठ दिशाका ईनारले कसैलाई नडुबाओस् । आखिर वेसुरका असुर र आत्मघातीहरुको गन्तव्य एउटै नछ, असुर्या नाम ते लोका अन्धेन तमसावृताः तास्ते पे्रत्याभिगच्छन्तिये के चात्माहनो जनाः । छिमेकीहरु न पुर्वका न पश्चिमका नत उत्तरका नत दक्षिणका अनुहार गोरो भएर भएन मन कालो हुनसक्छ असुर र आत्मघातीहरु हुन सक्छन् । आफैले दशगजाको सिमनामा किला गाड्ने अनि अर्को पट्टीको मेरो हो भन्न सक्छन् । किला काटी गाडेको ठाँउको त विजोग छ, किला नगाडेको ठाँउको हालत आफै अनुमान गर्न सक्छौ । अचम्मको वरदानबाट निराश कृष्णचित्त आदीदेव सगँ बहसगर्दा भस्महुने डरले चुपचाप गाँउ फर्किएर समाजसेवी भएहोलान् ।
जो व्यक्ति आफुलाई हानी गरेर पनि अरुको अहित चाहन्छ त्यस मनोवृतीका मानवजनले लोकतन्त्र या परतन्त्र, कुनै वाद या अपवाद जे नाम लिएपनि सबैलाई अन्धकारमा नै धकेल्छन् । विकास गर्नको किन चाहीयो समाजवाद र सम्यवादका मनोवादहरु, कहिलै नपुगीने र नभेटीने अमुक दर्शन । सडक बनाउन ईमानदार ईन्जिनियर, कालीगढ र ठेकदार चाहिन्छ, शिक्षाको लागी ईमानदार मेहनती राजनितिबाट माथी उठेको शिक्षक चाहिन्छ, योजना बनाउन देश देखेको अनुभवि योजना विद चाहिन्छ, राज्य सयन्त्रको लागी जनताको नासो जनतालाई सुम्पने ईमान्दार नैतिकवान नोकरशाह र राजनितिज्ञ चाहिन्छ । एक ठगको चंगुलको परेको ईमान्दार व्यक्तिलाई त परिबन्दले घेर्छ भने सुरमुनी देखी भुसुना सम्म हजारौ चाटुकार चिन्तकहरुको परिबन्दमा परेको देशले कसरी छुटकारा पाउँला । नारा सर्वजन हिताय काम परिवार जन हिताए, नारा अन्तोदय काम विचौलियाहरुको उदय, नाम समानता तर पार्टीका पदहरुमा अध्यक्ष पदाधिकारी केन्द्र जिल्ला गाँउसम्म तहगत असमानता । आफू कर्म नगर्ने अरुलाई उपदेश दिने, जनता उपदेश सुन्छन कर्ममा नेताको अनुसरण गर्छन् । गितामा श्रीकृष्ण अर्जुनलाई भन्छन् अहिलेको हामिले देखेको लोक र यस भन्दा परको लोकमा गर्नु पर्ने र जान्नु पर्ने मेरो लागी केही छैन तर पनि म कर्म गर्दैछु, मैले कर्म गर्न छोडदा मेरो अनुसरण गर्नेले अवश्य कर्म गर्न छोडछन् । उत्तिष्ठत जाग्रत, अब व्युझिनको लागी होइन जाग्नको लागी उठौं, चेतनशिल हुन उठौं, अनुदान र ऋणको अन्तर भेद नजान्नेहरुको पिछलग्गु हुनको लागी होईन स्वाभिमानको लागी उठौं, व्यक्तिले होइन संयन्त्रले काम गर्ने व्यवस्थाको लागी उठौं, स्वदेशको लागी उठौं, असत्यबाट सत्यको यात्राको लागी उठौं । भत्काएर, जलाएर, विध्वंसले नयाँ नेपाल बन्ने भए सबैले घर खरानीले बनाउँथे इँटाहरु किन चाहिन्थ्यो ?
योगको उत्कृष्ट रुप योगी हो नबुझेर जोगी हुन्छन् अनि तिनै नयाँ जोगीले खरानि बढी धस्छन् । राष्ट्रियता व्यवहारमा हुनु पर्छ, तर यहाँ चर्को स्वर या कुनै देशलाई गालि गरेर अमुक देशको झण्डा नेता लाई सलाम गर्ने, विदेशी पार्टीको प्रशिक्षणमा खुलेआम सहभागी हुनुलाई राष्ट्रवादी भनीन्छ भने अराष्ट्रिय के लाई भन्ने ? हिजोका पराधिन देश कहाँ पुगे हामी युगौ देखीको सनातन राज्य अहिले विदेशी नेता फोटो र विदेशी पार्टीको झण्डा बोक्दा गर्व गर्छौ अजब देशमा गजब हुन्छ हुदैछ । दौव हस्तिनो दृती ।। हात्ती सित दुई किसिमका दाँत हुन्छ भने जस्तै बोली एउटा व्यवहार एउटा भएपछी कसको मनमा के छ बुझनै कठिन ।अप्पो दिपो भवः आफैं प्रकाशमय बनौ बुद्धवाणी तथा देव त्वप्रतिसूर्य तिमीहरु देवता हौ र सुर्यका रुप हौ भन्ने कालजयी वेदवाणी स्मरण गरौं ।
प्रतिक्रिया