सम्झनामा मदनमणि

प्रखर विद्वान्, नेपाली साहित्यका सिद्धहस्त उपन्यास तथा निबन्धकार एवं निर्भीक तथा निडर वरिष्ठ पत्रकारका अतिरिक्त कुशल फोटोग्राफर ९७ वर्षीय श्री मदनमणि दीक्षितज्यूलाई भेट्न ३० पौष, २०७५ का दिन कालिकास्थान, काठमाडौंस्थित उहाँको निवासमा जाँदा आदरणीय दाइ विनोद दीक्षितले खिचिदिनुभएको तस्बिर हो यो ।

माड्साबको नामबाट समेत चिनिनु हुने मदनमणि दीक्षित मदन पुरस्कार प्राप्त कृति ‘माधवी’ लगायतका अनेकौं पुस्तकका लेखकको रुपमा त परिचित हुनुहुन्छ नै । उहाँको अर्को परिचय भनेको ‘समीक्षा’ (साप्ताहिक) पनि हो । भर्खरभर्खरै लेख्न थालेका म र मेरा पुस्ताका विद्रोही चेत भएका धेरै कवि-लेखकका रचनाहरुलाई अत्यन्तै माया गरेर ‘समीक्षा’ले स्थान दिने (त्यसो त ‘राष्ट्रपुकार’ साप्ताहिकलाई पनि यस सन्दर्भमा बिर्सन सक्तिनँ म) गरेको थियो । यो, आफैंमा बिर्सन नसकिने सत्य हो ।
त्यही भेट्मा माड्साबले डा. तुलसी गिरी प्रधानमन्त्री छँदा पञ्चायतकालमा तत्कालीन सोभियत संघको राजदूत हुनका लागि आफूलाई प्राप्त प्रस्ताव स्वीकार गर्दा ‘समीक्षा’ बन्द हुने देखेर उक्त प्रस्ताव अस्वीकार गरेको सम्झना पनि गर्नुभएको थियो ।
प्रतिक्रिया