बिहीबार, वैशाख ११, २०८२

सात अंकले नेप्से घट्दा ३ अर्ब २७ करोडको कारोबार

नेपालखोज २०७८ फागुन १५ गते १५:३४

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतार नेप्से घटेको छ । नेप्से आज सात दशमलव ७३ अंकले घटेर २६ सय ५३ दशमलव ७० अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ७३ अंकले घटेर पाँच सय छ दशमलव ८४ अंकमा पुगेको छ ।

दुई सय २४ कम्पनीको ४९ हजार ६ सय ७० पटकको कारोबारमा ७० लाख ४० हजार पाँच सय ६३ कित्ता सेयर खरिद बिक्री भएकामा कुल कारोबार रकम तीन अर्ब २७ करोड ३० लाख ६५ हजार नौ सय १० रुपैयाँ पुगेको छ ।

१३ समूहको कारोबार भएकामा जलविद्युत् र अन्य समूहको सूचक क्रमशः ३४ दशमलव तीन र १५ दशमलव एक अंकले बढेर बाँकी समूहहरूका सूचक घटेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक ११ दशमलव ७५ अंकले घटेर १६ सय ९३ दशमलव ३६ अंकमा पुग्दा विकास बैंक समूहको सूचक २४ दशमलव ९६ अंकले घटेर ४५ सय ३४ दशमलव ७६ अंकमा पुगेको छ ।

निर्जीवन बिमा समूहको सूचक पनि ३२ दशमलव ९५ अंकले घटेर ११ हजार नौ सय ४८ दशमलव ३० अंकमा पुग्दा जीवन बिमा समूहको सूचक पनि एक सय १६ दशमलव दुई अंकले घटेर १४ हजार एक सय २० दशमलव दुई अंकमा पुगेको छ । यसैगरी फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज एभरेस्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको मूल्य पाँच दशमलव ८८ प्रतिशतले घटेर चार सय ६९ रुपैयाँ ९० पैसमा प्रतिकित्ता सेयर कारोबार हुँदा हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य पनि चार दशमलव ५८ प्रतिसतले घटेर सात सय ३० रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ । यसैगरी आज युनिभर्सल पावर कम्पनीको प्रतिकित्ता तीन सय ७५ रुपैयाँ अन्तिम मूल्यमा २० करोड ४४ लाख २४ हजार एक सय ४१ रुपैयाँ १० पैसाको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया